onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

महिलाहरुलाई आत्मनिर्भर बनाउन कम्प्युटर अपरेटर तालिमको आयोजना

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा बालविवाह न्यूनिकरण परियोजना अन्तरगत ३९० घण्टाको कम्प्युटर अपरेटर तालिमको उद्घाटन भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा १८ देखि २४ वर्ष उमेर समूहका युवा महिलाहरुको लागि तालिमको आयोजना गरिएको हो ।

महिलाहरुलाई आत्मनिर्भर बनाई जीवन निर्वाहमा सहजता ल्याउनका लागि युवा महिला लक्षित कम्प्युटर अपरेटर तालिमको आयोजना गरिएको जनाइएको छ । पछिल्लो समयमा बालिकाहरुको उमेर नपुगी विवाह हुने गरेको र उमेर नपुगी हुने विवाहका कारण केही समय पछि शारीरिक, मानसिक तथा सामाजिक र आर्थिक रुपमा समेत बालिकाहरुले हिंसा भोग्न बाध्य भइरहेकोले युवा महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको बि-ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर सिर्जना चौधरीले जानकारी दिनुभयो ।

सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा अहिलेको आधुनिक विश्वनै एक गाउँमा रूपान्तरण भएको बताउँदै दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग महत्वपूर्ण रहेकोले प्रविधिमा युवा महिलालाई जोड्न तालिमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाकी नगर उप-प्रमुख बिना कुमारी भट्टराईले तालिममा सक्रियताका साथ संलग्न भएर आत्मनिर्भरताको बाटोमा अग्रसर बन्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कम्प्युटर अपरेटर तालिम लिइसके पछि सूचना तथा प्रविधिको क्षेत्रलाईनै कार्यक्षेत्र बनाएर अघि बढ्न तथा भविष्य उज्ज्वल बनाउन शुभकामना दिनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले पुरुषहरु सरह पम्पन्न हुनका लागि महिलाहरु पनि आत्मनिर्भर हुन आवश्यक रहेको र यसका लागि महिलाहरुले पनि विभिन्न चुनौतीको सामना गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । प्लान इन्टरनेशनल नेपाल र बि-ग्रुप बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा नेसनल मानस विकास ट्रेनिङ्ग ईन्स्टिच्युटले तालिम संचालन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.