onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

स्वास्थ्य चौकी ठाकुरद्वाराको गुणस्तर मुल्याङ्कन कार्यक्रम सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–८, चिट्कैयामा रहेको स्वास्थ्य चौकी ठाकुरद्वाराको गुणस्तर मुल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ । यौन तथा स्वास्थ्य सम्बन्धी सेवाहरु प्रवाहका लागि स्थानीय सरकारलाई प्रतिबद्ध गराउने उद्देश्यले स्वास्थ्य संस्थाको गुणस्तर मूल्याङ्कन कार्यक्रम सम्पन्न गरिएको हो ।

स्वास्थ्य संस्थाको गुणस्तर मूल्याङ्कन कार्यक्रम मार्फत् किशोर–किशोरीहरुले आफ्ना जिज्ञासा, समस्याहरु सजिलै समाधान गर्न सक्ने भएकाले पनि कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको कार्यक्रमको साझेदार संस्था गेरुवा ग्रामिण जागरण संघकी सुपरभाइजर शान्ति भट्टराईले बताउनु भयो । गेरुवा ग्रमिण जागरण संघ र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा कोइकाको आर्थिक सहयोग र ठाकुरबाबा नगपालिकाको सहकार्यमा गुणस्तर मुल्यांकन कार्यक्रम सम्पन्न भएको भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयमा सुरक्षित महिनावारीका लागि आराम कक्ष, किशोरावस्थामा आउने जिज्ञासा र समस्या समाधानको लागि कशोर–किशोरी मैत्री सूचनाकक्ष र यौन तथा प्रजनन सम्बन्धी तालिमहरुबाट विद्यार्थीहरुले आफ्ना मनका कुरा खुलेर राख्न सक्ने जगदम्बा माध्यमिक विद्यालयकी शिक्षिका सन्ध्या थापाले बताउनुभयो । यस्ता कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको गुणस्तर मुल्याङ्कन कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

स्वास्थ्य संस्थाको गुणस्तर मूल्याङ्कन कार्यक्रममा किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवाको विभिन्न १२ वटा मुल्याङ्कन मापदण्डहरुको विषयमा छलफल गरिएको छ ।

Leave A Reply

Your email address will not be published.