
बर्दिया : आज २० औँ राष्ट्रिय धान दिवस बर्दियासहित देशभर धान दिवस मनाइएको छ । १९ वर्ष अघिदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कामको व्यस्तताले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दहि चिउरा खाने प्रचलन छ । यो बेला दही चिउराले शरिरमा शितलता भइ शक्ति संचय हुने जनविश्वास छ । त्यसैले पनि नेपाली समाजमा असार १५ गते दही चिउरा खाने एउटा पर्वको रुपमा पनि लिने गरिन्छ । देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउन थालिएपनि अझैँ धान उत्पादन बढाउन सकिएको छैन । परम्परागत रुपमा गरिने धान खेतीमा पछिल्ला केहि वर्ष यता यान्त्रिकरणको प्रयोग हुन थालेको छ । तर पनि किसानले आधुनिक तरिकाबाट गरिने धान खेतीबारे तालिम, उन्नत जातका बिउ र समयमै मल नपाउँदा धान उत्पादन बढ्न सकेको छैन ।
वर्षेनी झण्डै ५० अर्ब रुपैयाँको चामल बाहिरबाट आयात हुने गरेको तथ्याङ्क छ । हरेक वर्ष झण्डै ६० लाख मेट्रिक टन धान उत्पान गर्ने नेपाल सरकारले लक्ष्य लिएको छ । तर धान उत्पादन लक्ष्य अनुसार उत्पादन हुन सकिरहेको छैन । राँगा, गोरुको सहायताबाट परम्परागत रुपमा गरिने धान खेती पछिल्ला केहि वर्ष यता यान्त्रिकरणको प्रयोग र आधुनिक ढंगबाट गरिन थालिएको छ । तर पनि किसानले आधुनिक तरिकाबाट गरिने धान खेतीबारे तालिम, यान्त्रिकरण, उन्नत जातका बिउ र मल नपाउँदा अझैँ पनि भनेजति धान उत्पानदमा वृद्धि हुन सकेको छैन र बाहिरी देशबाट खरिद गर्नु परिरहेको छ ।
आज २० औँ राष्ट्रिय धान दिवस बर्दियामा पनि सबैजसो पालिकामा रोपाईँ गर्दै मनाइएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिका सहित सबैजसो पालिकामा धान दिवस तथा रोपाईँ महोत्सव मनाईएको छ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस बर्दियाको ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका सहित सबैजसो पालिकामा औपचारिक रुपमा खेतमा गएर रोप्दै, रोपाईँ गीत गाउँदै दही चिउरा खाएर यस वर्ष पनि मनाइएको हो । यस्तै पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायको बाहुल्यता रहेका बर्दियासहितका जिल्लाका अधिकाँश गाउँमा आजकै दिन कलुवा खाने अर्थात खेतमा प्रवेश गर्ने दिनका रुपमा रोपाईँ सुरु गरेर मिठा परिकार बनाएर कलुवा खाने कार्यक्रम पनि सुरु भएको छ ।
पश्चिम नेपालमा रोपाइँका बेला गाइने रोपाइँ गीत र स्थानीय थारु समुदायले रोपाइँका बेला गाउने थारु सांस्कृतिक गीत गाउँदै धान दिवस मनाएका छन् । असार १५ मा मनाइने धान दिवस बर्दियामा खेतमा रोपाईँ गर्दै दही चिउरा खाएर मनाइएको छ । कामको व्यस्तताले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दहि चिउरा खाने प्रचलन छ । यो बेला दही चिउराले शरिरमा शितलता भइ शक्ति संचय हुने जनविश्वास छ । नेपाली समाजमा असार १५ गते दही चिउरा खाने एउटा पर्वको रुपमा लिने गरिन्छ । पश्चिम नेपालका पहाडी समुदायले रोपाइँका बेला गाइने रोपाइँ गीत र स्थानीय थारु समुदायहरुले पनि रोपाइँका बेला गाइने थारु सांस्कृतिक गीत गाउँदै धान दिवस मनाएका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा नगर स्तरिय कृषक समन्वय समितिले आयोजना गरेको धान दिवस तथा रोपाईँ महोत्सवमा नगर प्रमुख तिलकराम लम्साल र नगर उपप्रमुख बिना कुमारी भट्टराईसहितको नेतृत्वमा खेतमा धान रोपाईँ गरि दिवस मनाईएको छ । यस्तै मधुवन नगरपालिकाको गुँरास माध्यामिक विद्यालयमा आयोजना गरिएको धान दिवस तथा रोपाईँ महोत्सवमा लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीना र मधुवन नगर प्रमुख तेज बहादुर भाटसहितको नेतृत्वमा विद्यालयको हाताभित्र धान रापाईँ गरि दहि चिउरा खाएर दिवस मनाईएको छ ।
यसैगरि बारबर्दिया नगरपालिकाको वडा नम्बर ११ फचकौवा गाउँमा पनि लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीना, नगर प्रमुख छबिलाल थारु र नगर उपप्रमुख रत्ना कुमारी पाण्डेसहितको नेतृत्वमा धान रोपाईँ गरि दिवस मनाईएको छ । धान दिवस मनाउँदै खेतमा धान रोपाईँ गरेर शुभकामना दिँदै लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीनाले पढ्दै कमाउँदै नारासहित पठनपाठन भइरहेका विद्यालयहरुमा धान लगागतका अन्नबाली उत्पादन वृद्धी हुने खालको प्रयोगात्मक शिक्षा दिनुपर्ने र प्रविधिमैत्री कृषि यान्त्रिकरणको प्रयोगबाट धान लगायतका अन्नबाली उत्पादन वृद्धी गर्न किसानहरुलाई अनुरोध गर्नुभयो ।
यस वर्ष ढिलो गरि मनसुनको सुरु भएर पनि प्रयाप्त आकशबाट पानी नपरेपछि अन्नको भण्डार भनेर चिनिने बर्दियासहित देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु हुन सकेन तर पनि असारको पहिलो सातादेखि नै छिटपुट रुपमा भएको वर्षातले थारु समुदायको बाहुल्यता रहेको बर्दियाका अधिकाँश गाउँमा असारको पहिलो सातादेखि केहि किसानहरु खेतमा पसेका थिए । पहिले परम्रागत ढंगबाट धान खेती गरिन्थ्यो कम उत्पादन हुन्थ्यो । कृषि शाखबाट गठित कृषक समन्वय समितीले अहिले तालिम दिएपछि धान उत्पादनमा वृद्धि हुन थालेको किसानको भनाई छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिका सहित सबैजसो पालिकामा धान दिवस तथा रोपाईँ महोत्सव मनाईयो भने थारु समुदायको बाहुल्यता रहेको बर्दियाका अधिकाँश गाउँमा आजदेखि कलुवा खाने अर्थात खेतमा प्रवेश गर्ने दिनका रुपमा रोपाईँ सुरु गरेर मिठा परिकार बनाएर कलुवा खाने कार्यक्रम पनि सुरु भएको छ । कलुवा खाने कार्यक्रम भन्नाले कलुवा खाएपछि मात्रै खेतमा काम गर्ने किसालका लागि खेतमै विहानको खाना लिन पाईन्छ यो कार्यक्रम नगर्दासम्म खेतमा खाना लिएर जान नपाईने प्रचलन छ । कलुवा खाएसंगै रोपाईँका लागि खेतमा प्रवेश गर्ने र धान रोपाईँ पनि सुरु भएको नेउलापुर गाउँका बडघर गोकर्ण थारुले बताउनुभयो ।
पहिले राँगा, गोरुको प्रयोग गरि रोपाइँ गर्ने भएपनि केही वर्ष यता ट्याक्टर, पावरटे«लर लगायतका आधुनिक मेसिनेका प्रयोगबाट खेति लगाउने क्रम विस्तारै बढ्दो क्रममा छ । पछिल्ला केहि वर्ष यता धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदा राँगा, गोरुको प्रयोग घटाउँदै यान्त्रीकरणको प्रयोग गरेर धान रोपाइँ गर्न थालिएको छ । बर्दियाका केही स्थानिय पालिकाहरुले कृषि क्षेत्रमा विषेश बजेट छुट्याएर किसानलाई अनुदानमा यान्त्रिकरण खरिद गर्न सहयोग पनि गरिरहेका छन् । ठाकुरबाबा नगरपालिकाले किसानलाई अनुदानमा पावर टे«लर दिँदै आएको छ, परम्परागत ढंगबाट भन्दा पनि यान्त्रिकरणको प्रयोगले वार्षिक ३ देखि ४ बालीसम्म सामुहिक रुपमा खेती गरेर बढि अन्नबाली उत्पादन गर्ने कृषक समूहलाई यान्त्रिकरण सहयोग गर्ने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।
अन्नको भण्डार भनेर चिनिने बर्दियाको राजापुर लगायतका सबै क्षेत्रमा धान रोपाइँ साउन महिनाको पहिलो साताभित्र सकिने अनुमान छ । प्रसस्त जग्गा जमिन भएर पनि अन्तजस्तै यहाँ पनि खेती गर्ने जनशक्तिको अभाव छ । खनजोत र हिलोआली गर्न सक्ने युवा काम खोज्दै शहर र विदेशसम्म पुगेका छन् । बुढापाकाको भरमा खेती धान्नुपर्ने बाध्यता छ । देश बाहिर गएर खेतीपातीमै लागेका युवाहरु स्याबासी पाउने गर्छन् तर स्वदेशमै केही गर्दैनन् त्यसैले युवा पुस्ताले कृषिमा जोड दिएर लाग्नुपर्ने स्थानीयको भनाइ छ ।
नेपालका युवा पुस्ता कृषि क्षेत्रमा लागेर धान लगायतका खाद्यान्न उत्पादन गर्नुपर्ने जनशक्ति विदेश पलायन भएका छन् । चामल आयातलाई प्रतिस्थापन गर्न यान्त्रीकरणको प्रयोग गरी धान उत्पादन लागत घटाई उत्पादन बृद्धि गर्ने गरि नेपाल सरकारले किसानहरुका लागि धान खेतिमा प्रविधि र यन्त्रीकरणको प्रयोग बढाएर आधुनिक प्रविधिबाट धानको उत्पादन बढाउन किसानलाई धान उत्पादन बढाएर चामल आयात घटाउन सरकारले यान्त्रिकरणमा जोड दिएको छ । तर सबै किसानसम्म आधुनिक प्रविधि पुगेको छैन । उन्नत बीउ र समयमै मल नपाउने समस्या पनि उस्तै छ । धानको उचित मूल्य नपाउँदा पनि किसानमा उत्साह बढ्न सकेको छैन । खेतीमा युवाको समेत आकर्षण बढाउन सकेमा मात्रै धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य भेट्न बल पुग्ने थियो ।