onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु, दुई बिरामी

Sambad ADD long

बर्दिया : मधुवन नगरपालिका–८ टिसिएन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जय बहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् ।

उनीहरूलाई गएराति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बोहराले जानकारी दिनुभयो । रासस

Leave A Reply

Your email address will not be published.