onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : सिकलसेल एनिमियाको पहिचानका लागि विद्यार्थीहरुमा परिक्षण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगर अस्पतालले थारु समुदायमा प्रमुख समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको निःशुल्क परिक्षण गरेको छ । नगरपालिकाको भुरीगाउँ क्षेत्रमा सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत थारु समुदायका ४०९ जनाको परिक्षण गरिएको हो ।

त्रिभुवन नमूना माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ३१८ जना, कर्णाली बोर्डिङ्ग स्कुलमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ६६ जना र भेरी पब्लिक शिक्षालयमा कक्षा ९ देखि १० सम्म अध्ययनरत २५ जना गरी ४०९ जनाको रगत संकलन गरी परिक्षण गरिएको ठाकुरबाबा नगरपालिकाको आधारभूत नगर अस्पतालका ल्याब असिस्टेन्ट बल बहादुर खत्रीले जानकारी दिनुभयो ।  परिक्षणको क्रममा एच बि इ र एच बि डि १–१ जना, बिटा थालासेमीया २९ जना र २ जनामा सिकलसेल एनिमियाको संक्रमण देखिएको ल्याब असिस्टेन्ट खत्रीले जानकारी दिनुभयो ।

सिकलशेल एनिमीया र बिटा थालासेमीया रोग बंशाणुगत रुपमा सर्ने एक प्रकारको रक्त अल्पता भएको र यस रोग लागेका बिरामीहरुलाई जिन्दगीभर रगत चढाउनुपर्ने लगायत औषधि उपचारको अवश्यकता रहने गरेको छ । यो रोगको लक्षण भएकाहरुले सन्तती जन्माउन बिहेवारी गर्दा अत्यन्तै ध्यान दिनु आवश्यक रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । विवाह पुर्व हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गरि सिकलसेल तथा थालासेमिया उल्लेखित कुण्डली मिलाएर बैवाहिक निर्णय गरेमा जिवनभर यस रोगको उपचारमा चाहिने, खर्चिलो प्रविधि र रोगबाट समेत बच्न सकिन्छ ।

जिल्ला स्वास्थ्य कायार्यलय बर्दिया र प्रदेश सरकारको सहयोगमा ठाकुरबाबा नगरपालिकामा सञ्चालित विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमा सिकलसेल एनिमियाको परिक्षण गरिएको नगरपालिकाले जनाएको छ । सिकलसेल एनिमियाको रोग पहिचान गर्न विद्यार्थीहरुमा परिक्षण गर्नुको कारण के हो ? भन्ने प्रश्नमा नगर प्रमुख तिलकराम लम्सालले पछिल्लो समयमा सिकलसेल एनिमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्दै गएपछी सुरुवाती चरणमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा परिक्षण गरिएको बताउँदै भन्नुभयो >>

 

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । सिकलसेल एनिमियाबाट संसारभरका २५ करोड मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिममा राज्यहरुमा पहिलो पटक देखिएको सिकलसेल एनिमियाबाट नेपालको बाके, बर्दिया, दाङ्ग लगायत तराईका जिल्लाहरुमा बसोबास गर्ने थारु समुदाय बढी प्रभावित भएका छन् । यो रोग थारु समुदायमा बढी देखिए पनि अन्य समुदायमा छिटफुट रुपमा देखिने गरेको छ ।

सिकलसेल एनिमिया रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउदै लैजान्छ भने सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रकृया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्ने विशेषज्ञहरुले बताएका छन् ।

परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने तथ्याङ्कले देखाएको छ । त्यसैले, विवाहपूर्व महिला र पुरुप दुवैमा सिकलसेल एनिमिया रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गरेमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मामा जनचेतना फैलाउन आवश्यक रहेको छ ।

Leave A Reply

Your email address will not be published.