भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुधार परियोजना अन्तरगत पालिका स्तरीय विद्यालयहरुको समिक्षा बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गेरुवा ग्रामिण जागरण संघको प्राविधिक सहयोग र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा १० देखि १९ वर्ष उमेर समूहका किशोर-किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसंग सम्बन्धित विभिन्न विषयहरुमा छलफल गरिएको छ ।