onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बालविवाह न्यूनिकरणका लागि विद्यालयले नेतृत्व लिँदै

Sambad ADD long

बर्दिया : प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)द्वारा बर्दियाको बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकामा बालविवाह न्यूनिकरण परियोजना सञ्चालन गरिएको छ । परियोजना सञ्चालन भएको मधुवन नगरपालिकामा पालिकास्तरका विद्यालयका सरोकारवाला पक्षसंग विद्यालय स्तरमा बालविवाह रोकथामका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मधुवन नगरपालिकामा विद्यालयमा आचारसंहिता र बाल संरक्षण नीति निर्माणआचारसंहिता तथा बाल संरक्षण नीतिको बारेमा शिक्षकहरुलाई जानकारी गराइएको छ । शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी बिचको छलफलले यसको प्रभावकारी रुपमा कार्यान्वयन भए नभएको विषयमा सबैलाई जानकारी भएको छलफलमा सहभागिहरुले बताएका छन् । छलफलका क्रममा विद्यालयमा बालबालिकाहरुको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था भए/नभएको, विद्यालयमा गुनासो सुनुवाई समिति गठन भए/नभएको, घटनाहरुको रिपोर्टीङ्ग र व्यवस्थापन हुने गरेका छन्छै/नन् लगायतका विषयमा छलफल गरिएको छ ।

Leave A Reply

Your email address will not be published.