बर्दिया : नेपाल निजामती कर्मचारी युनियन बर्दियाका पुर्व अध्यक्ष बालकृष्ण शर्माको निधन भएको छ । बर्दिया गुलरिया नगरपालिका–७ निवासी शर्माको मंगलबार विहान निधन भएको हो । स्वास्थ्यकर्मी संघ बर्दियाका संस्थापक अध्यक्ष समेत रहनुभएका दिवंगत शर्मा लामो समयसम्म जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत भइ केही वर्ष अघि अवकाश प्राप्त भएपछि बिरामी हुनुहुन्थ्यो ।
उहाँको अन्तिम दाहसंस्कारमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य कृष्ण घिमिरे, नेपाल निजामती कर्मचारी युनियन बर्दिया अध्यक्ष द्रोणराज शर्मा, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, नेपाली काँग्रेसका जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्ता र शुभचिन्तक लगायतको उपस्थिती रहेको थियो ।
दिवंगत शर्मा प्रति शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली तथा शोक सन्तब्द परिवारजनमा समवेदना प्रकट गरेका छन् ।