onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

प्रेस युनियनको ३२औं स्थापना दिवसमा बर्दिया अस्पतालका बिरामीलाई फलफूल वितरण

Sambad ADD long

मुरली गोडिया/बर्दिया : नेपाल प्रेस युनियन बर्दिया शाखा सहित देशभर ३२औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसका अवसरमा देशभर विविध कार्यक्रम गरि मनाएको प्रेस युनियनले जनाएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले पनि गुलरियामा स्थापन दिवस मनाएको छ । दिवसका अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दिया अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरि ३२ औं स्थापना दिवस मनाइएको प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष दिपकलाल श्रेष्ठले जानकारी दिनुभयो । बर्दिया जिल्ला अस्पताल गुलरियामा रहेका ५० जना विरामीलाई आज शनिबार फलफूल बितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम पश्चात प्रतिक्रिया दिंदै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य भेषराज पौडेलले नेपाल प्रेस युनियन बर्दिया शाखाले जिल्ला अस्पताल गुलरियाका बिरामीलाई फलफुल बितरण गरेको कार्यको प्रशांसा गर्दै आगामी दिनमासमेत रचनात्मक कार्य गर्न सुझाव दिनुभएको छ ।

नेपाल प्रेस युनियन बर्दिया शाखाले आफ्नो स्थापना दिवससहित अन्य दिवस वा अवसरहरुमा पत्रकारलाई समाज प्रति उत्तरदायि बनाउँदै थप रचनात्मक कार्यक्रम गरिने प्रेस युनियन बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठले बताउनुभयो । पत्रकारहरुले वितरण गरेको फलफूल पाएपछि बर्दिया अस्पतालमा भर्ना भएका बिरामीले खुसी हुँदै धन्यवादसमेत दिएका छन ।

फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य भेषराज पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादब प्रसाद आचार्य, बर्दिया जिल्ला अस्पतालका सर्जन डा। बिजय उपाध्यायसहित नेपाल प्रेस युनियन बर्दिया शाखामा आबद्ध पत्रकारको उपस्थिती रहेको थियो ।
ध्चष्तभ तय द्यजबदगप थ्यनष्

Leave A Reply

Your email address will not be published.