online-aama-surachhya-sandesh

विकास प्रेमीको ठाकुरबाबा नगर संयोजकमा हेमराज आचार्य

Sambad ADD long

भुरीगाउँ, बर्दिया : विकास प्रेमी युवा समूहको ठाकुरबाबा नगर कमिटीले नयाँ नेतृत्व पाएको छ । समूहको ठाकुरबाबा नगर कमिटीको संयोजकमा हेमराज आचार्य सर्वसम्मत चयन हुनु भएको हो ।उपाध्यक्षमा इन्द्रा जैशी, सचिवमा निशा भण्डारी, सहसचिवमा सौगात श्रेष्ठ तथा कोषाध्यक्षमा आराधना भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मदन चुनारा, भुवन खनाल, निर्मला खनाल र गोपाल घिमिरे सर्वसम्मत हुनु भएको विकास प्रेमी युवा समूहका सचिव खगेन्द्र नेपालले जानकारी दिनुभयो ।

२०७१ सालमा बबई नदिमा आएको बाढीबाट प्रभावित भएका ठाकुरबाबा, बारबर्दिया र गुलरिया नगरपालिकाका स्थानीहरुलाई स्थानीय युवाहरुको समूहले जनस्तरबाट सहयोग गर्नका लागि बनेको स्वतन्त्र यूवाहरुको समूह नै हाल विकास प्रेमी युवा समूहको रुपमा सक्रिय रहेको छ । विकास प्रेमी युवा समूह जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सांगठनिक रुपमा बर्दिया जिल्ला भरि नै सक्रिय रुपमा संचालित रहेको केन्द्रिय अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो ।

समूहले हाल जिल्लाका ६ वटा पालिकाहरुमा नगर कमिटि गठन गरी पालिकाहरु तथा संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आई रहेको छ । समूहले ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा नगर कमिटि गठन गरेको छ । बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा भने केहि समय भित्रै नगर कमिटि गठन गरी समूहले कार्यक्रम संचालन गर्ने तयारी गरेको अध्यक्ष निरौलाले बताउनु भयो ।

ठाकुरबाबा नगर कमिटिका नव निर्वाचित संयोजक हेमराज आचार्यले पदभार सम्हाल्दै आफ्नो तर्फबाट सक्दो समन्वयात्मक भुमिका निर्वाह गर्दै ठाकुरबाबा नगरपालिका तथा पालिका भित्र संचालित संघसंस्थासंगको सहकार्यमा समाजिक क्रियाकलापहरु संचालन गर्दै अगाडी बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.