onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : कार्यक्रमहरुको समिक्षा तथा आगामी वर्षका लागि सुझाव संकलन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले स्थानीयतहको दोस्रो निर्वाचन पछिको पहिलो वर्षमा भएको कार्यक्रमहरुको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ठाकुरबाबा नगरपालिकाले कार्यक्रमहरुको समिक्षासंगै आगामी आर्थिक वर्षको नीति निर्माणका लागि सुझाव समेत संकलन गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित ठाकुरबाबा नगरपालिकाको दोस्रो स्थानीयतह निर्वाचन पछिको पहिलो वर्षमा भएका कार्यक्रमहरुको समिक्षा तथा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रमको सुझाव संकलन कार्यक्रममा ठाकुरबाबा नगर उप–प्रमुख विना कुमारी भट्टराईद्ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना कुमारी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द आचार्य, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, भुरिगाउँ खानेपानी संस्थाका उपाध्यक्ष चन्द्रमनी पौडेल, नेपाली कांग्रेसको नगर सभापती पदम खड्का, नेकपा एमाले नगर कमितीका अध्यक्ष जिवन शाही, राष्ट्रिय समाजवादीका देवी प्रसाद सापकोटा, श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जनार्दन योगी, जेष्ठ नागरिक, विभिन्न संघ–संस्थाका पदाधिकारीहरु लगायतको सहभागितामा सबैले आ–आफ्नो सल्लाह शुझाव दिनु भएको ठाकुरबाबा नरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो ।

सुझाव दिने क्रममा विशेष गरी शिक्षा, नैतिक स्वास्थ्य, तथा लागुपदार्थ दुव्र्यसनीका विषयलाई जोड दिनुपर्ने सहभागीहरुको जोड रहेको थियो । नागरिकमैत्रि विकास, बृहत वडा भेला गरि आयआर्जन जिबिको पार्जन मुलक कार्यक्रम, बजार व्यवस्थापन, अटोरिक्सा तथा बस पार्किङ व्यवस्थापन गर्नुपर्ने, कला संस्कृतिको जर्गेनाका लागि योजना बनाउनुपर्ने माग उठेको थियो ।

बालबालिका लक्षित मोबाइलको सट्टामा परम्परागत खेलमा सहभागी बनाउने विशेष प्याकेज, लागू औषधी तथा मदिरा खरिद विक्रीमा कडाइ गर्ने नीति बनाउनुपर्ने, निति तथा सुझाव संकलर्न कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले वर्षभरि सम्पादन गरेको कार्यहरुको विषयमा जानकारी गराउनुका साथै नगरले गरेका कार्यहरुको समिक्षा गरिएको नगरपालिकाको नगर प्रमुखको सचिवालय जिवन कंडेलले बताउनु भयो । कार्यक्रममा सहभागीहरुले ठाकुरबाबा नगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले वन्यजन्तुबाट हुने क्षतिबाट बच्नको लागि अपनाउनु पर्ने समाधानका कार्य लगायतका विषयमा प्रश्न सोधेका थिए ।

नगर प्रमुख लम्सालले ठाकुरबाबा नगरपालिकाको शिक्षा, स्वास्थ्य, विकासका पूर्वाधारहरुलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो । सहभागीहरुले उठाएका सवालमा समस्याहरुको समाधान गर्दै नगरपालिकाद्वारा प्रवाह हुने सेवालाई जनमैत्री बनाउँदै जाने नगर प्रमुख लम्सालले प्रतिबद्दता जनाउनु भएको छ । साथै विपद् व्यवस्थापन कोषबाट दिइदै आएको राहतलाई कृषि तथा पशु बीमा कार्यक्रमसँग जोडिने समेत जनाइएको छ । नगर प्रमुख लम्सालले ठाकुरबाबा नगरपालिका सम्मुनत ठाकुरबाबा र सवल नगरबासी बनाउनका लागि सबैको सुझाव र साथको आवश्यकता रहेको बताउँदै सबैको सुझावको पहल गर्न आफु लागि परेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.