मधुवन, बर्दिया : मधुवन नगरपालिका वडा नम्बर १ डल्ला र कैलाशी गाउँमा जंगली हात्तीले स्थानीयबासीहरुका घर भत्काएको छ । मधुवन नगरपालिका–१, डल्ला गाउँका जगन्नाथ योगी र कैलाशी गाउँका मन्नु चौधरीको घर बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जंगली हात्लेत्तीले घर पुर्ण रुपमा क्षती गरेको हो ।
निकुञ्जबाट आएको जंगली हात्तीले घर भत्काई अन्नपातको पनि नोक्सानस् गरि दिएको मधुवनका स्थानीयबासीहरुले जनाएका छन् । स्थानीयका अनुसार बेलाबेला निकुञ्जबाट गाउँमा पस्ने जंगली हात्तीले दुःख दिने र अन्नबाली नोक्सान गर्दै आएको छ ।
तस्वीरमा हेर्नुहोस् हात्तीले पुर्याएको क्षती :