onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा सञ्चालित योग शिविर सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा संचालित योग शिविर आज समापन भएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ रानीपुर स्थीत खो-खो कबर्ड हलमा वैशाख २७ गतेदेखि सुरु भएको बृहत् योग तथा विज्ञान शिविर आज समापन भएको हो ।

ठाकुरबाबा नगरपालिकाको आयोजना र पतञ्जलि योग समिती ठाकुरबाबाको समन्वयमा ७ दिनसम्म नगरका स्थानीयहरुको सक्रिय सहभागितामा बृहत योग शिविर संचालन भएको योग समिती ठाकुरबाबाका सचिव महेन्द्र पंगेनीले जानकारी दिनुभयो । ७ दिनसम्म संचालन भएको योग शिविरमा विभिन्न रोग विशेष योग आयुर्वेद सम्वन्धी ज्ञान, प्राकृतिक चिकित्सा सम्बन्धी विशेष कक्षा सञ्चालन भएको समेत पंगेनीले जानकारी दिनुभयो ।

शिविरमा ७ दिनसम्म हरेक दिन विहान ४ः३० बजेदेखि ७ बजेसम्म केन्द्रिय गुरु पुज्या साधवी देवकृपा ज्यूले प्रशिक्षण गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.