
बर्दिया : नेपाल प्रेस युनियनको जिल्ला शाखा बर्दियाले सातौं जिल्ला अधिवेशन तथा साधारणसभा सम्पन्न गरेको छ । सम्पन्न सातौं अधिवेशनले दिपक लाल श्रेष्ठलाई जिल्ला शाखाको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
आज शनिबार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा श्रेष्ठसंगै १५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा संजय आचार्य तथा उपाध्यक्ष समावेशीमा हरि गुरुङ्ग, सचिव दुर्गा आचार्य, सह-सचिव चन्द्र बहादुर बि.क. र कोषाध्यक्षमा प्रशान्त टण्डन सर्वसम्मत चयन हुनु भएको छ ।
सदस्य खुल्लातर्फ अजय चापागाई, प्रेम यादव र प्रमेश यादव, सदस्य जनजातीतर्फ विशाल श्रेष्ठ, सदस्य महिला जनजातीमा प्रमिला कुमारी चौधरी, सदस्य मधेसीमा मुरली गोडिया, सदस्य महिलातर्फ निर्मला शर्मा र अनु भण्डारी तथा सदस्य अल्पसंख्यकमा अफजल खान चयन हुनु भएको हो ।
अधिवेशन उद्घाटन शत्रको प्रमुख अतिथी रहनु भएका नेपाली काँग्रेसका सह-महामन्त्री एवम् संघीय सांसद किशोर सिंह राठौरले पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्न लाग्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो “पत्रकारलाई गर्नुपर्ने कुनैपनि सहयोग गर्न म र म आवद्ध नेपाली काँग्रेस पार्टी सधै तयार छ ।”
विशिष्ट अतिथी रहनु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघीय सांसद संजयकुमार गौतमले जिल्लाका पत्रकारहरुबाट सधैँ साथ र सहयोग पाएको स्मरणगर्दै पत्रकारको वृत्ति विकासमा आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
सम्पन्न भएको प्रेस युनियन बर्दियाको सातौँ जिल्ला अधिवेशनले ७ बुंदे बर्दिया घोषणापत्र समेत जारी गरेको छ ।