online-aama-surachhya-sandesh

बर्दिया : मधुवन नगरपालिकाको डाँडागाउँमा आगलागी, ८ घर जलेर नष्ट

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिका वडा नम्बर १ डाँडागाउँ बस्तीमा अहिले बेलुका साढे ५ बजेतिर आगलागी हुँदा ८ घर जलेर नष्ट भएकाे छ ।

गाउँकाे एउटा घरमा आगलागी हुँदा ८ घर पूर्णरुपमा जलेर नष्ट भएको र ३ घरमा आंशिक क्षती भएको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो ।

क्षतिको विवरण आउन बाँकी छ । आगलागीको कारण गौरी रोकायको घरमा विजुली सर्ट भएकोले आगाे अनियन्त्रित भइ अरु घर पनि जलेकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको वारुण यन्त्र (दमकल)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयबासीन्दाकाे सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बाेहाेराले बताउनुभयो ।

तस्वीर साैजन्य : प्रशुराम थारु

Leave A Reply

Your email address will not be published.