onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका बर्दिया ठाकुरबाबा नगरपालिका–५, शाहिपुरका आशिष थारुका परिवारलाई एनआईसी एशिया बैंक लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकले मृतकको परिवारलाई बीमा वापतको दश लाख रुपैयाँ उपलब्ध गराएको छ ।

बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका मृतक थारुको खातामा उपलब्ध भएको दुर्घटना बीमा वापतको रकम मृतकका बुबा दुल्लु थारुलाई एनआईसी एसिया बैंक लिमिटेडका प्रादेशिक प्रमुख माधव बेलबासेले हस्तान्तरण गर्नुभएको बैंकका भुरीगाउँ शाखा प्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । बैंकको भुरीगाउँ शाखामा खाता खोलेका आशिष थारुको २०७९ साल पुष १४ गते मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो । बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्दा दुर्घटनामा परि ज्यान गएको खण्डमा बीमा वापतको रकम उपलब्ध गराउने गरेको छ ।

बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तरगत ४० लाख रुपैँयाको दुर्घटना बीमा, ४० लाख रुपैँयाको घातक रोग बीमा र ४ लाख रुपैँयासम्मको औषधि उपचार बीमा प्राप्त गर्नेछन् । औषधि उपचार बीमा मध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैँयासम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैँयासम्म प्राप्त गर्न सक्ने भुरीगाउँ शाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.