
राजापुर, बर्दिया : राजापुर नगरपालिकामा २ महिने सिपमुलक तालिमको सुभारम्भ भएको छ । मधेसी, मुस्लिम, दलित, आदिवासी, जनजाती, लोपोन्मुख, सहिद बेपत्ता परिवार तथा अन्य व्यक्तिहरुको व्यवसायीक प्रवर्द्धन कार्यक्रम अन्तरगत नि:शुल्क दुई महिने तालिमको शुभारम्भ भएको हो ।
नि:शुल्क रुपमा संचालन हुने दुई महिने तालिममा एडभान्स सिलाइ कटाई, मोटरसाइकल रिपेयरिंग, प्लम्बर तालिम संचालन हुनेछ । यस्तै एसि तथा फ्रीजको मर्मत, आल्मुनियम फेब्रिकेटर र टायल तथा मार्बल फिटिङ्ग लगायतको १० फरक फरक विधामा तालिम प्रदान गरिने छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजापुर नगर प्रमुख दिपेश थारुले हरेकले केहि न केहि सिप आर्जन गर्न सके मात्र राम्रो आम्दानी गर्न सफल भइने भएकाले सीप आर्जन गर्न सबैलाई आग्रह गर्नु भयो ।
१० वटा फरक फरक विधामा तालिम एकैपटक सन्चालन गरिने हुदा पालिकाका बिभिन्न वडामा प्रशिक्षार्थीलाई पायक पर्ने ठाउँमा सेन्टर राखिएको छ। प्रशिक्षार्थीले सिकेर जिविकोपार्जन गर्न सहज होस् भनेर नगरपालिकाले लगानी गरेकाले सबै प्रशिक्षार्थीहरुले अनुसासित भएर सिप सिक्न मुख्य प्रशिक्षक शिव रानाभाटले सबैलाई अनुरोध गर्नुभयो । ६५ दिन अवधि रहेको तालिममा २३१ जना प्रशिक्षार्थीले तालिम लिने छन् ।