onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बालविवाह न्यूनिकरण परियोजना : आत्मसुरक्षा अभिमुखिकरण तथा सिप विकास तालिम

Sambad ADD long

जयनगर/बर्दिया : बारबर्दिया नगरपालिकाको जयनगरमा सबै प्रकारका हिंसाबाट आफ्नो संरक्षण आफै गर्ने सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिप विकास तालिमको छनौटमा परेका युवा महिला तथा उनीहरुको अभिभावकहरुलाई आत्मसुरक्षाको विषयमा अभिमुखिकरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टिता समूह (बि–ग्रुप) बाँकेको साझेदारीमा बालविवाह न्यूनिकरण परियोजना अन्तरगत गरिने क्रियाकलाप मध्य युवा महिलाहरुलाई सिप विकास तालिम दिएर व्यवसायिक कार्यक्रमहरु सञ्चालनमा रहेको छ । युवा महिलाहरुले व्यवसायी भएर मर्‍यादित कार्यहरु गर्नमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमहरु सञ्चालन भइ रहेको छ ।

अभिमुखिकरण कार्यक्रममा बाँके युनेस्को क्लब बाल संरक्षण परियोजनाका कुलराज चौधरीले सहजिकरण गर्नु भएको थियो । लैंगिक हिंसा, यसको असर तथा महिलाहरुको हिंसामा पर्ने सम्भावना तथा यसको समाधानको विषयमा कार्यक्रममा छलफल गरिएको जनाइएको छ । कार्यक्रममा सहभागि भएका युवा महिला तथा उनीहरुको अभिभावकहरुले राजेका सिप विकास तालिम सञ्चालन हुनु पुर्व नै अभिमुखिकरण गरिएको हो । बारबर्दिया नगरपालिकामा एक चरणमा १५ जनाको दरले सिप विकास तालिम सञ्चालन हुँदै आएको छ ।

पहिलो चरणमा तालिम दिएर व्यवसायी बनाइ सकिएको र दोस्रो चरणका लागि तालिम अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भई रहेको हो । बर्दियाको बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका तथा गेरुवा गाँउपालिकामा कार्यक्रम सञ्चालनमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.