online-aama-surachhya-sandesh

त्रिभुवन नमूना विद्यालयकोे ५९औं वार्षिक उत्सव सम्पन्न

ठाकुरबाबाको शैक्षिक सुधारमा नगरपालिका प्रतिवद्द छ : नगरप्रमुख लम्साल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : त्रिभुवन नमूना माध्यमिक विद्यालय, ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँले सोमबार आफ्नो ५९औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा विद्यालयले त्रिभुवन आलोक पुस्तकको दोस्रो अंक पनि सार्वजनिक गरेको छ ।

वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट खेलाडी, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक, पूर्व वडाअध्यक्ष, पूर्व विद्यार्थी, संस्थापक अध्यक्ष तथा सदस्यहरु र पूर्व प्रधानाध्यापकहरु सहित ७४ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले त्रिभुवन नमूना माध्यमिक विद्यालय सामुदायिक तर्फ जिल्लामै उत्कृष्ट विद्यालयको सूचीमा रहेको बताउनु भयो । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्द रहेको बताउँदै नगरप्रमुख लम्सालले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने समेत बताउनु भयो । त्रिभुवन नमूना विद्यालयले शौक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै यसलाई यथावत राख्न सबैले मिलेर सहकार्य गर्न नगरप्रमुख लम्सालले आग्रह गर्नुभयो ।

वार्षिक उत्सवका अवसरमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा रक्तदान शिविरको आयोजना समेत गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, उप-शाखा बगनाहा र नेपाल स्वयम् सेवी रक्तदाता समाज, बर्दियाको प्राविधिक सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको प्रधानाध्यापक बामदेव ढकालले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमराज खनालले रक्तदान गरी शुभारम्भ भएको शिविरमा ४६ जनाले रक्तदान गरे छन् ।

Leave A Reply

Your email address will not be published.