onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षण सिकाईमा सुधार ल्याउन नगरपालिका प्रयत्नशिल छ : नगर प्रमुख लम्साल

सार्वजनिक शिक्षालाई विश्वसनीय र अनुकरणीय बनाउन नगरपालिकाद्वारा अनुरोध

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले सार्वजनिक शिक्षालाई विश्वसनीय र अनुकरणीय बनाउन अनुरोध गरेको छ । नगरबासीहरुलाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेर साार्वजनिक शिक्षालाई विश्वसनीय र अनुकरणीय बनाउन अनुरोध गरेको हो ।

वैशाख १ गतेदेखि “समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा हाम्रो अभियान” नारा सहित भर्ना अभियान २०८० सञ्चालन भई रहेको छ । ठाकुरबाबा नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयहरुमा १ कक्षादेखि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । निःशुल्क शिक्षा सहित कक्षागत र ततहगत रुपमा आवश्यक शिक्षकको व्यवस्थापन गरेको जनाउँदै शिक्षकहरुलाई निरन्तर पेशागत सहयोग गरी कक्षाकोठाको शिक्षण सिकाईमा सुधार ल्याउन नगरपालिका प्रयत्नशिल रहेको नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।

अभिभावक र विद्यार्थीहरुले रोजेको र खोजे अनुसारको शिक्षा सुनिश्चित गर्न नगरपालिकाले प्रविधिमैत्री शिक्षण सिकाईससंगै शिक्षक र विद्यार्थीमा लक्ष्य सहित सिकाई उपलब्धिका लागि आवश्यक नीति, नियम र कार्यविधि बनाएर अगाडी बढेको समेत नगर प्रमुख लम्सालले जानकारी दिनुभयो । विद्यालयहरुको भौतिक पुर्वाधार विकास, विद्यालयलाई आवश्यक जनशक्तिको व्यवस्थापन सहित स्वास्थ्य र खानेपानीमा समेत सुधार गरी आवश्यकताको आधारमा स्कुलबसको समेत व्यवस्था गरिने प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत रिजालका अनुसार नगरपालिकाले नगरको शिक्षामा सुधार ल्याउन विशेष कार्यक्रमहरु सञ्चालनको तयारी गरेको छ ।

नगरबासीले चाहेको जस्तै शिक्षा निःशुल्करुपमा सुनिश्चित भएकाले सार्वजनिक पद धारण गरेका तथा सार्वजनिक जवाफदेहिता बहन गरेका सबै जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, टोल विकास संस्था तथा विभिन्न सञ्जालका पदाधिकारीहरुलाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्दै नगरपालिकाले सूचना प्रकाशन गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालद्वारा हस्ताक्षरित पत्रमा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीहरु, नगरपालिका अन्तरगतका सबै कर्मचारीहरु, बडघर तथा चौकीदारहरु सबैले नगर क्षेत्र भित्र अध्ययन गरिरहेका आ–हाफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेर सार्वजनिक शिक्षालाई विश्वसनिय र अनुकरणिय बनाउन सहयोग गर्न अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.