मधुवन, बर्दिया : मधुवन नगरपालिका वडा नम्बर १ डल्ला गाउँका प्रतिमा खड्काका १८ वर्षिय छोरा कस्तुप खड्का क्यान्सरबाट ग्रसित हुनुभएको छ । लामो समय उपचार पश्चात चेकजाँच गर्ने क्रममा छोरालाई क्यान्सर भएको थाहा भएको आमा प्रतिमा खड्काले जानकारी दिनुभयो ।
१८ वर्षका खड्काकाे मुत्र नलीमा क्यान्सर भएकाले अपरेसन गर्नु पर्ने डाक्टरले बताएका छन् । क्यान्सरको औषधी अहिले किमोथेरापी चढाईरहेको छ ।
प्रतिमा खड्काका छाेरा कस्तुप खड्काकाे हाल बाँके नेपालगन्ज खजुराकाे सुशील काेईराला प्रखर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । १८ वर्षका छोरा जय लर्ड आवासीय माध्यमिक स्कुल ठाकुरद्वारामा कक्षा १० मा अध्ययनरत अहिले एसइइ परिक्षार्थी भएपनि बिरामीका कारणले परीक्षा दिन सकेनन् ।
क्यान्सरको दोस्रो खुड्किलोबाट तेस्रो भएकोले उपचारबाट ठिक हुने सम्भावना रहेको तर खर्च भने धेरै लाग्ने सुशील काेईराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जले बताएपछि अहिले बिरामीका बुवाआमा तनावमा छन् ।
उपचारका क्रममा आफुसँग भएको रकम जति सबै सकिएकाले बैँकबाट पनि ऋण नपाएको अवस्थामा आफन्तहरुबाट ऋण काटेर औषधि उपचार गराईरहेको उहाँले बताउनुभयो ।
मधुवन नगरपालिका डल्ला गाउँकी समाजसेवी प्रतिमा खड्काले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको छ । पति बैदेशिक राेजगारबाट घर फर्किएर छाेराकाे उपचारमा बिदेशमा कमाई गरेको सबै रकम सकिएकाे र अहिले आर्थिक अभाव भएको कस्तुप खड्काका बुवा जित बहादुर खड्काले बताउनुभयाे ।
छाेराकाे उपचारमा आफुसंग भएको सबै रकम सकियाे, छाेराकाे उपचारका लागि अझैँ लाखौँ रकम लाग्ने बताउँदै उहाँले देशविदेशमा रहेका आफन्त साथीभाइ, दिदीबहिनी, आमाबुवा, विभिन्न संघसंस्था लगायतलाई आर्थिक सहयोग गरि छोरालाई पुर्नजन्म दिन अपिलसहित उहाँले आर्थिक सहयोगको याचना गर्नुभएको हो ।
छोराको सहयोगका लागि विरामीका आमा प्रतिमा खड्कालाई ९८६४९४९६३८ मा सम्पर्क गर्न वा प्रतिमा खड्काको नाममा रहेको नेपाल बैंक लिमिटेड बर्दिया शाखाकोे खाता नम्बर २७७०११०७१२३६२३०००००१ मा सहयोग रकम जम्मा गर्न सकिन्छ ।