onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षक सरुवा र विद्यालय घटुवाकाे चेतावनी पश्चात् सुध्रिएको ज्ञानाेदय

Sambad ADD long

बर्दिया : झन्डै ६ वर्ष अघि ९ जना मात्रै विद्यार्थी, पर्याप्त शिक्षक तर न समयमै शिक्षक विद्यालयमा आउँथे न त विद्यार्थी नै । याे खबर बर्दिया ठाकुरबाबा नगरपालिका-२, सतघरुवा गाउँकाे ज्ञानाेदय प्राथमिक विद्यालयकाे हाे ।

झन्डै ६ वर्ष अघि कहिल्यै नसुध्रने विद्यालय शिर्षकमा समाचार प्रकाशन र प्रशारण भएपछि विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिसंग स्पस्टिकरण, शिक्षक सरुवा र विद्यालय घटुवाकाे चेतावनी पश्चात् विद्यालयमा शिक्षक र समिति फेरबदल भएपछि अहिले विद्यालय सुध्रिएकाे ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ काे ज्ञानाेदय प्राथमिक विद्यालयकाे केहि दिन अघि वार्षिक परिक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, उप-प्रमुख बिना कुमारी भट्टराई, वडाध्यक्ष, सदस्य तथा शिक्षा शाखा प्रमुखकाे उपस्थितिमा भएको कार्यक्रममा अधिकांस सहभागीहरुले विद्यालय सुध्रिएकाे देखेर खुसि व्यक्त गरेका छन् ।

विद्यार्थी, अभिभावक, समाजसेवी तथा शैक्षिक अभियन्ताकाे उपस्थितिमा सम्पन्न भव्य कार्यक्रमका साथ विद्यालय संस्थापक, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, उत्कृष्ट शिक्षक लगायतलाई सम्मान समेत गरिएको छ । कुशल नेतृत्व र समुदायको साथ भएमा धेरै कुरा परिवर्तन हुन सक्छ भन्ने उदाहरण ज्ञानाेदय प्राथमिक विद्यालय भएको ठाकुरबाबा नगरपालिकाकी उप-प्रमुख बिना कुमारी भट्टराईले बाताउनुभयो ।

विक्रम संवत् २०७४ सालमा झण्डै गाईगाेठकाे रूपमा रूपान्तरित हुन लागेको ९ जना मात्रै विद्यार्थीमा सिमित रहेकाे ज्ञानाेदय प्राथमिक विद्यालयकाे अवस्था सुधार गर्न यसअघिका जनप्रतिनिधिहरूले विशेष पहल लिँदा वडा सदस्य विष्णु शाहीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष र मन्जु ढकालले प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेपछि विद्यालयकाे स्वरूप सुधार हुँदै गएकाे नगरपालिकाले जनाएको छ ।

ज्ञानोदय प्राथमिक विद्यालयका प्रधानाध्यापक डिलसरा सावदका अनुसार अहिले १२८ जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा ११ वटा कक्षाकोठा र ९ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

 

यो पनि पढ्नुहोस् –

समयसन्दर्भ : परिवर्तन सम्भव छ

ज्ञानोदय प्राथमिक विद्यालय, ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को सतघरुवा भन्ने ठाउँमा स्थापित विद्यालय हो । यो विद्यालय कुनै बेला खचाखच विद्यार्थीले भरिभराउ थियो । गाउँसंगै जोडिएको भएपनि अत्यन्त शान्त वातावरण रहेको स्थानमा विद्यालय स्थापित थियो ।

कुनै समय हराभरा रहेको विद्यालयले समयानुकुल आफुलाई बदल्न सकेन । निजि विद्यालय तर्फ बढेको अभिभावकको आकर्षणलाई विद्यालयले रोक्न सकेन र विद्यालय बिस्तारै समाजको आँखाबाट ओझेलमा पर्दै गयो । विद्यालय प्रती अभिभावकको विश्वास घट्दै गयो फलतः विद्यार्थी संख्या अत्यन्त न्यून हुँदै १४ जनामा कायम भयो त्यसमा पनि नियमित विद्यालय आउने विद्यार्थीको संख्या ९ जना मात्र थियो ।

२०७१ सालको बिनासकारी बाढी पछि बिस्थापित दुई परिवार विद्यालयकै कोठामा शरण लिएर बसेका थिए भने उनिहरुले पालेका गाईबस्तु पनि विद्यालयकै कक्षा कोठामा बाँधिन्थे । माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय सरकारहरुलाई सुम्पिएको थियो तर मौजुदा शिक्षा ऐन २०२८ को समयानुकुल संसोधन नहुँदा अन्यौल कायमै थियो । कतिपय विद्यालयमा विद्यार्थीको चाप बढि तर शिक्षक कम, कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून तर शिक्षक व्यवस्थापन गरिराख्नु पर्ने कारणले विद्यालय गाभ्ने वा खारेजी नगरी नहुने बाध्यात्मक अवस्था बनेको थियो । शिक्षा समितिमा पेश भएको गाभ्ने र खारेजी सम्बधी विद्यालयको सूचिमा ज्ञानोदय प्राथमिक विद्यालयको नाम पनि समावेश थियो ।

यसै क्रममा …पुरा पढ्नुहोस्

Leave A Reply

Your email address will not be published.