onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बारबर्दियामा मुक्तकमैयाहरुको केन्द्रिय बैठक सम्पन्न

Sambad ADD long

बर्दिया : बारबर्दिया नगरपालिका वडा नम्बर १ सर्लाही टोलमा मुक्तकमैयाहरुको केन्द्रिय बैठक सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका-१, सर्लाही टोलको आयोजनामा गरिएको केन्द्रिय बैठकमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ५ वटा जिल्लाका सहभागीहरुकाे उपस्थिति रहेको बिन्तिराम थारुले जानकारी दिनुभयो ।

सम्पन्न बैठकमा बर्दिया, बाँके, दाङ कैलाली र सुर्खेतमा बसोबास गर्दै आएका मुक्तकमैयाको पूर्जा फुकुवा गर्न सरकारसंग माग गर्ने लगायतका विषयमा छलफल गरिएको जनाइएको छ ।

छलफल कार्यक्रममा मुक्तकमैया दिवसका अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न माग गर्ने र मुक्तकमैयाको उच्च स्तरीय आयोग गठन गर्नका लागि दबाब दिन शान्तीपूर्वक आन्दोलन गर्ने निर्णय भएको सोमलाल थारुले जानकारी दिनुभयो ।

मुक्तकमैया भुमि आयोगका केन्द्रिय सदस्य बिन्तीराम थारुको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता, बेस बर्दियाका अध्यक्ष बिष्णु थारु, पूर्व प्रदेशसभा सदस्य लौटी थारु, वडाका अध्यक्ष, सदस्य तथा ५ जिल्लाका प्रतिनिधीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.