onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपाल लघुवित्त बैंकर्स संघको वित्तीय साक्षरता राष्ट्रिय अभियान भुरीगाउँमा सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपाल लघुवित्त बैंकर्स संघको आयोजना तथा लघुवित्त वित्तीय संस्थाहरुको सह-आयोजनामा ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघद्वारा आयोजित वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमको प्रमुख अतिथि रहनु भएका मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पसका प्रमुख युवराज अधिकारीले संस्थाबाट निकालेको कर्जा सम्बन्धित प्रयोजनमानै लगाउन सकेमा आर्थिक समस्या नआउने बताउनु भयो । आफ्नो आवश्यकता भन्दा बढी फजुल खर्च गर्ने बानीले आर्थिक संकट निम्त्याउने तर्फ पनि अधिकारीले सचेत गराउनु भयो ।

कार्यक्रममा बोल्दै ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द आचार्यले सबैभन्दा पहिला कर्जाग्राहीमा लगनशिलता र इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । कर्जा लिएर व्यवस्थापन गर्न सके मात्र सफल हुन सकिने भएकाले सम्बन्धित कार्यमानै कर्जाको सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले लगानीकर्ताहरु (लघुवित्त)लाई पनि कर्जा लगानी गर्दा व्यक्तिको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाव दिनुभयो ।

कार्यक्रमको समापनमा नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक प्रेम बहादुर पाठकले अहिले विभिन्न ब्यक्ति तथा समूहले कर्जा मिनाहको कुरा निकालेर दिग्भ्रमित पार्ने काम गरेको बताउँदै भ्रामक समूह तथा समाचारहरुको पछि नलाग्न समेत लघुवित्तका सदस्यहरूलाई आग्रह गर्नुभयो । उहाँले लघुवित्त संस्थाहरूले १५ प्रतिशत भन्दा धेरै व्याज र १.५ प्रतिशत भन्दा धेरै सेवा शुल्क नलिएको जानकारी दिँदै भ्रमित गराउने समाचार प्रति आपत्ति समेत जनाउनु भयो । सेवाग्राही सदस्यहरुलाई वास्तविकरुपमा केहि समस्या भए संस्थालाई जानकारी गराउन समेत पाठकले अनुरोध गर्नुभयो ।

झण्डै ५ सय जना लघुवित्तकर्मी एवम् सेवाग्राही सदस्यहरुको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको भुरीगाउँ शाखा प्रमुख दिपक महराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.