onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जन्मोत्सवको खर्च कटाएर शिक्षण संस्थामा अक्षयकोष स्थापना

Sambad ADD long

बर्दिया : धेरैको रहर हुन्छ, आफ्नो जन्मदिनमा गाँउका मानिस बोलाएर भोजभतेर गरेर रमाइलो गरी जन्मदिन मनाउने । तर समाजमा यस्ता मानिस पनि छन् जसले आफ्नो सानो सहयोगमा कसैको भविष्य निर्माणमा सहयोग पुर्याउने ।

जन्मदिनको अवसरमा ठाकुरबाबा नगरपालिकाका शिक्षक यज्ञ प्रसाद नेपालले आफु आवद्ध रहेको चुरे क्याम्पस बगनाहामा अध्यापनरत सम्पुर्ण प्राध्यापकहरुको सहभागितामा प्राध्यापक छात्रवृत्ति अक्षयकोष तथा जनचाहाना आधारभुत विद्यालय डुम्रेनीमा शिक्षक कर्मचारी छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । नेपालले कोष शुभारम्भ स्वरुप तीन, तीन हजार रुपैयाँ प्रदान गर्नु भएको हो ।

आगामी दिनमा सबैको सहभागितामा दिगो अक्षयकोष स्थापना भई दुवै शिक्षण संस्थामा अध्ययनरत विपन्न वर्गका बालबालिकाहरुलाई अध्ययन कार्यमा सहयोग पुग्ने विश्वास नेपालको छ । पछिल्लो समय आफ्नो जन्मोत्सव, विवाह वर्षगाँठ, भात खुवाइ (पास्नी) लगायतका कार्यक्रममा धेरै रकम खर्च गर्ने परिपाटी बढेर गएको छ । फजुल खर्च कम गरी गरिब, विपन्न र दुःखीहरुको शैक्षिक अवस्था सुधारगर्न सहयोग स्वरुप खर्चको रकम बचाएर शिक्षण संस्थालाई सहयोग गरेको नेपालको बताउनु भयो ।

रकम ग्रहणगर्दै चुरे क्याम्पस वगनाहाका क्याम्पस प्रमुख रुद्र बहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारी क्याम्पसलाई सहयोग गरी अक्षयकोष स्थापनाको शुभारम्भ गर्नु भएकोमा प्राध्यापक यज्ञ नेपाललाई धन्यवाद दिदै क्रमिक रुपमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुको सहभागितामा प्राध्यापक छात्रवृति अक्षयकोष स्थापना गरी प्राप्त हुने व्याज रकमबाट क्याम्पसमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई छात्रवृति प्रदान गरिने जानकारी गराउनु भयो ।

Leave A Reply

Your email address will not be published.