केशव काेइराला/राजापुर, बर्दिया : राजापुर नगरपालिका वडा नम्बर ८ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचालनमा ल्याएको छ ।
राजापुर नगरपालिका वडा नम्बर ८काे कार्यालयले बेरोजगार युवा युवतीहरुमाझ कार्यक्रम संचालन गरेकोे हो । कार्यक्रममा स्थानीय बेरोजगार युवायुवतीहरुलाई सहभागी गराइने र उनीहरुलाई सिकाउँदै कमाउने वातावरण मिलाइने वडा अध्यक्ष राजेश थारुले बताउनुभयो ।
कार्यक्रममा सहभागी युवायुवतीले स्थानीय स्तरमा सहजै पाइने बेतवाँस जस्ता कच्चा पदार्थबाट र्याक, खैचा, डिलिया, ढकीया र सुप्पा लगायतका सामग्री बनाउने तालिम लिँदै सामाग्री उत्पादन गरेका छन् । उत्पादित सामाग्री बिक्री गरेर उनीहरुले आर्थिक उपार्जन समेत गरिरहेका छन् ।
सिक्दै सिकाउँदै कार्यक्रम निरन्तर जारी रहने र उत्पादित वस्तुहरुको बिक्रीका लागि सहज बजारीकरणको व्यवस्था समेत वडा कार्यलयले गर्ने वडाध्यक्ष थारुले बताउनुभयो । यही हप्ताबाट सुरु भएकाे कार्यक्रममा पहिलो चरणमा २० जना सहभागी भएका छन् ।
स्थानीयस्तरमै साना उद्योग खोल्ने समेत लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ ।