onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बस र माेटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार १ महिलाको ज्यान गयाे

Sambad ADD long

बर्दिया : गुलरिया-राजापुर हुलाकी सडक खण्ड अन्तरगत मधुवन नगरपालिका वडा नम्बर ५ मा पर्ने ८ नम्बर गाँउको चोक नजिक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको ज्यान गएको छ ।

पुर्वबाट पश्चिमतर्फ आइरहेको भे. १ ख २२५४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको भे. ४ प ५६४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुरकी २६ वर्षीया सरिता थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ । मोटरसाइकल र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढाेढरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.