onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बढैयातालमा थारु संस्कृतिको संरक्षण गर्न आवश्यक समाग्री वितरण

Sambad ADD long

मैनापोखर, बर्दिया : थारु समुदायको संस्कृतिको संरक्षण गर्नका लागि बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ कार्यालयले आवश्यक सामाग्री वितरण गरेको छ । थारु समुदायको भेषभुषा र संस्कृति लोप हुँदै गएको अवस्थामा थारु संस्कृतिको संरक्षणको लागि सामाग्री वितरण गरिएको हो ।

थारु जातिको भेषभुसा र मयूर नाचको जगेर्ना गर्ने उद्देश्यले थारु भेषभुसामा प्रयोग हुने कपडा, मयुर नाचमा प्रयोग हुने मयुरको प्वाँख, बाजा लगायतको सामाग्री वितरण गरिएको वडा अध्यक्ष तेजनाथ पौडेलले जानकारी दिनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले हराउँदै गएको संस्कृतिको जगेर्ना गर्न सबैले आ-आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.