online-aama-surachhya-sandesh

खो-खो च्याम्पियनसिपमा सहभागी खेलाडी र प्रशिक्षकलाई सम्मान

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को कार्यालयले खो खो खेलाडीहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि भारतमा केही दिन अघि सम्पन्न चौंथो एसियन खो-खो च्याम्पियनसिपमा राष्ट्रिय टोलिबाट सहभागी भएका ठाकुरबाबाका खेलाडीहरुलाई सम्मान गरिएको हो ।

चैत ६ गतेदेखि ९ गतेसम्म भारतको आसाममा सम्पन्न भएको चौंथो एसियन खो-खो च्याम्पियनसिपको पुरुष तथा महिला दुबैतर्फ नेपालले रजत पदक जित्न सफल भएको थियो । भारतसंग भएको फाइनल खेलमा नेपालले रजत पदक जितेको हो । नेपालको तर्फबाट सहभागी टोलिमा ठाकुरबाबा नगरपालिका स्थायी बासिन्दा रहेका खेलाडीहरु समेत सहभागी भएका थिए ।

खेलाडी तथा प्रशिक्षकलाई गरिएको सम्मानले खेलाडीहरुको हौसला बढाएको बताउँदै प्रशिक्षक खगेन्द्र बहादुर शाहीले आयोजकलाई धन्यवाद प्रकट गर्नु भएको छ । सम्मानले खेलाडीहरुमा थप उर्जा प्रदान गरेको समेत प्रशिक्षक शाहीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.