
“मेरो मानसपटलमा अझैपनि गुन्जीरहन्छ । बच्चा रोयो भने बच्चाको कानको जाली फुट्ने गरि चुपलाल, जोगीबाबा सुन्यो भन्ने समाटेर लैलान्छ, बाघ आउछ, म्याउ आउछ, राती छ भने, भूत आउछ भन्ने, त्यो भएन भने त कुटेरै भएपनि चुपलगाउने गरिन्थ्यो । आजभोली मलाई लाग्छ बच्चाको मानसिक विकासको सबभन्दा ठूलो बाधक नै त्यहि हो, जस्तो लाग्छ ।” बारबर्दिया नगरपालिका ४ घोरपित्तताका गोबिन्द थारुको यो भनाई सुनेपछि म पनि एकछिन उहाँको मुख हेरेको हेर्यै हुन्छु । र आफ्नो बच्चपन सम्झन्छु । यस्तै समाजमा हामी हुर्केका हौँ ।
गोबिन्द थारु अहिले आफ्नो बच्चाहरु प्रति सम्वेदनशिल बन्दै जानु भएको छ । उहाँले बालबालिकाको सपना परियोजना अन्तरगत प्रारम्भिक वालविकास सम्बन्धी कार्यक्रम तथा कार्यशाला गोष्ठी, अन्तरक्रिया कार्यक्रमहरुमा बस्नथालेपछि बच्चाप्रति बुवाहरुको जिम्मेवारी कसरी वहन पर्छ भन्ने कुरा थाहाँ पाउनु भएको छ । मानवीय स्वभाव नै हो आफ्नो सन्तानको माया लाग्ने, छोराछोरी टाठाबाठा, चनाखो र फुर्तिलो रहुन् भन्ने चहना । तर स्याहार, आहार र बच्च प्रति गर्ने ब्यबहारलाई सकारात्मक बनाउन सकिएन भने हामीले सोचेको जस्तो बच्चा बनाउन सक्दैनौ भन्ने कुरा थाहा पाएको बताउनुहुन्छ गोबिन्दले ।
उहाँले पहिलो सन्तान घरमा भित्रिदा रोजगारको लागि आफु घरबाट बाहिर निस्कने बाध्यता परेको अनुभव सुनाउनु हुन्छ । उहाँलाई मैले आर्थिक पक्ष बलियो बनाउनु पर्छ भनेर घरपरिवारको जिम्मा छोडेर जानु भएको थियो । संयुक्त परिवारमा रहेकोले उहाँलाई बच्चा र आमाको स्याहारमा ठूलो जिम्मेवारी भएको महसुश भएको थिएन । पहिलो सन्तानको अनुहार दुई महिना पछि मात्र देख्नु भयो । आमा र छोरीको स्याहार र आहारको कमिले छोरी कुपोषित भएर उपचार गर्नु पर्ने अवस्था आईपुग्यो । तब देखि उहाँले आफ्नो छोरीको स्याहारमा समय दिनका लागि कृषि ब्यबसाय गर्न शुरु गर्नु भयो । अहिले उहाँ जिम्मेवार भएर नमुना बुवाको रुपमा स्थापित हुनु भएको छ । छोरीको स्याहार संगै श्रीमतीलाई पनि घरायसी काममा सघाउन थाल्नु भयो ।
गोबिन्द थारुले अहिले पनि बिगत सम्झदा भन्नु हुन्छ,–“त्यति बेला पोसिलो खाना आमा र बच्चालाई खुवाउनु पर्छ भन्ने कुराको राम्रोसंग ज्ञान थिएन । मात्र संयुक्त परिवारमा जे छ त्यहि, कहिले खुर्सानीको चटनीसंग मात्र खाना खानु पर्ने अवस्था थियो । त्यति बेला ब्यबसायिक कृषि खेति पनि गरिदैन थियो ।” अहिले त ब्यबसायिक कृषि छ । बाह्रै महिना घरमा हरियो तरकारी हुन्छ । मासुको लागि घरमै कुखुरा पालन गरेका छौँ । फलफुलहरु हरेक दिन जसो बजार गईराख्छौँ । मौसम अनुसारको फलफुल घरमै फलेको हुन्छ । पोसिलो खानाको कमि छैन । त्यो पनि कसरी ब्यबस्थापन गरेर खाने हो त्यो पनि थाहा पाईसकेको छौँ, भन्नु हुन्छ गोबिन्द थारुले ।
उहाँले प्रारम्भिक बाल विकासको बारेमा धेरैकुराहरु सिक्ने अवसर पाएको बताउनु हुन्छ । बच्चाको मानसिक बिकास गर्भ देखि नै हुन्छ । बच्चा पेटमा भए देखि नै सुन्छ । र सिकिराखेको हुन्छ । बच्चा जन्मिने बित्तकै आखा पनि देख्छ । बच्चा जन्मेको एक घन्टा भित्रमा आमाको बिघौती दुध खुवाउनु पर्छ, बच्चालाई छ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्छ । पानी पनि खुवाउनु हुदैन । ६ महिना पुगेपछि आमाको दुध संगै थप पोसिलो खानाहरु जस्तै लिटो, जाउलो, अण्डा माछा, मासु, फलफुल, दाल, गेडागुडी, नियमित खुवाउनु पर्छ । आमालाई भने बच्चा र आमा दुबै जनाको पोषण पुग्ने गरि पोषिलो खानेकुराहरु नियमति खुवाईराख्नु पर्छ । मानसिक विकास, शारीरिक विकास भईराखेको हुन्छ । त्यहि अनुसार नै बच्चको स्वाहार गर्नु पर्छ । बच्चा हुर्काउने आमाको मात्र जिम्मेवारी होईन बुवाको पनि बराबरै दायित्व हुन्छ, भन्ने कुरा थाहामा आफँैलाई गौरभाम्वित भएको बताउनु हुन्छ ।
अहिले त गोबिन्दले बच्चा भएदेखि संगै खोप क्लिनिक, गाँउघर क्लिनिक तथा स्वास्थ्य चौकीमा लिएर जाने गरेको, बच्चा पनि बुवासंगै जान रुचाउने, खोप लगाउन, राष्ट्रिय अभियानका भिटामीन, तथा अन्य कार्यक्रमहरुमा मैले नै लिएर जाने गरिराख्नु भएको छ । अहिले छोराछोरी बुवाआमाको साथी भईसक्नु भएको छ भन्नु हुन्छ गोबिन्दले, संगै सुत्ने, घरभन्दा बाहिर निस्कनु पर्यो भने बुवाको काखमा रहनु पर्ने बानि परिसकेको छ । छोरीलाई कुपोषण भएपछि मलाई महसुश भयो की बच्चाको स्याहारमा बुवाको महत्वपुर्ण भूमिका हुन्छ भन्ने कुरा केही बुझीसकेको थिए । त्यो संगै पछिल्लो चरणमा बालबालिकाको सपना परियोजना अन्तरगत प्रारम्भिक बालविकास सम्बन्धी जानकारी पाएपछि, बुवासंगै घरपरिवारका सदस्यहरुको बच्चाको स्याहार र आहारका लागि सबैको बराबर दायित्व हुन्छ भन्ने कुरा जानकारी भएको छ । मैले सानै हुदा छोरीका स्वाहार गर्न नसकेपछि दोस्रो सन्तानलाई पुर्ण रुपमा समय दिने प्रयास गरिरहेको छु भन्नु हुन्छ । उसको मनोभावना बुझ्न्े, उसको आवश्यकता र अनुकुल हुने खालका क्रियाकलापहरुमा सहयोग गरिरहेको सुनाउनुहुन्छ ।
अहिले दुई आमा बुवा, दुई छोराछोरी र दुई श्रीमानश्रीमतीको सुखि परिवार रहेको छ । ब्यबसायिक कृषि खेतिबाट घरब्यबहार चलाउनका लागि आम्दानी र पोषणका लागि पोसिलो खानाघरमै उत्पादन गरिराख्नु भएको छ ।