onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा र बाँसगढीमा फाइजर खोपको बुष्टर डोज लगाइँदै

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दियाका ३ वटा पालिकाहरुमा कोभिड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका अन्य पाँचवटा पालिकापछि ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा कोभिड विरुद्ध फाइजर खोपको बुष्टर डोज लगाउन लागेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड विरुद्धको खोप चैत १६ गते देखि १८ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । कोभिड विरुद्धको खोप ५५ बर्ष भन्दा माथि उमेर समुहका पहिलो बुष्टर डोज लिएका तथा कुनै पनि बुष्टर डोज नलिएका सबै व्यक्तिहरु तथा स्वास्थ्यकर्मी र १२ बर्ष माथिका दिर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाइने छ ।

पहिलो चरणमा गुलरिया नगरपालिकामा, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा लगाइएको र हाल ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा खोप दिने लक्ष्य स्वास्थ्य कार्यालय बर्दियाले लिएको छ ।

बर्दिया जिल्ला भरि प्रभावकारी खोप अभियान संचालन गर्ने र अभियान पश्चात पनि तोकेका खोप केन्द्रबाट निरन्तर कोभिड विरुद्धको खोप प्रदान गरिने जानकारी दिईएको छ ।

Leave A Reply

Your email address will not be published.