पर्ल परियोजना अन्तरगत ठाकुरबाबामा सीलाई सामाग्री हस्तान्तरण
ठाकुरबाबा र गुलरियामा विभिन्न दश प्रकारका तालिम संचालन हुँदै
भुरीगाउँ, बर्दिया : बाँके युनेस्को क्लवले सिलाई कटाई व्यवसाय संचालनका लागि युवा महिलाहरुलाई यसामाग्री वितरण गरेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित पर्ल परियोजना अन्तरगत सिलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तरगत ६ जना युवा महिलाहरुलाई सीलाई सामाग्री उपलब्ध गराइएको बाँके युनेस्को क्लव पर्ल परियोजना फिल्ड सुपरभाइजर कञ्चन दहितले बताउनु भयो । बाँके युनेस्को क्लवबाट जारी गरिएको ६६ हजार ३३५ रुपैयाको कम्युडिटी भौचरसंगै सीलाई सामाग्री दिइएको छ । संस्थाले संचालन गरेको तालिममा सहभागी युवा महिलाहरु ब्यवसायी बन्ने भएपछि सामाग्री दिइएको हो ।
सीलाई मेसीन, कटिंग काउण्टर टेबल, आईरन, कैची, ओभरलक मेसिनसहित ६६ हजार ३३५ मुल्य बराबरको २२ वटा सिलाई सामाग्री ठाकुरबाबा नगरपालिका महिला, बालबालिका शाखा प्रमुख गोगनसरा आचार्यले हस्तान्तरण गर्नु भएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै आचार्यले आफुबाटनै काम गर्ने इच्छा शक्ति जगाउनु पर्ने बताउँदै कुशल व्यवसायी बन्न सबैलाई आग्रह गर्नुभयो ।
पर्ल परियोजनाले ठाकुरबाबा नगरपािलका र गुलरिया नगरपालिकामा १८ देखि २४ वर्ष उमेर समूहका १२० जना युवा महिलाहरुलाई विभिन्न दश प्रकारका तालिम सिकाएर रोजगार बनाउने अभियान संचालन गरेको छ ।