भुरीगाउँ, बर्दिया : नेपाल स्वयंसेवी रक्तदाता समाज मधुवन नगर समितिको अध्यक्षमा विवस सिग्देल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार मधुवन नगरपालिकामा सम्पन्न भेलाबाट मधुवन नगर समितिमा सिग्देल सर्वसम्मत चयन हुनुभएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज मधुवन नगर समितिको उपाध्यक्षमा रिता चालिसे, सचिवमा अरुणा वली, कोषाध्यक्षमा शुभ वली सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा विजय शर्मा, शितल तामाङङ विपिन सुवेदी, अनु पौडेल र तारा सिन्पान सर्वसम्मत चयन हुनुभएको नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम लम्सालले जानकारी दिनुभयो ।
पालिकाको अन्य वडाहरुको पनि प्रतिनिधित्व हुने गरी दुई जना सदस्य थप गर्ने गरी भेला सम्पन्न भएको छ ।