onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भूमिहिन र अव्यवस्थित बसोबासीको आवेदकलाई ठाकुरबाबा नगरपालिकाको सूचना

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले भूमि आयोगका लागि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि आवेदन दिनुभएका सबै आवेदकहरुको हितका लागि सार्वजनिक सूचना प्रसारण गरेको छ ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि आवेदन दिनुभएका सबै आवेदकहरुको विवरण नगरस्तरीय सहजिकरण समितिको सिफारिसमा नगर कार्यपालिकाको बैठकबाट जिल्ला समितिमा सिफारिस गर्ने निर्णय भइसकेको प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो ।

कोहि कसैले जग्गा मिलाई दिन्छु, पूर्जा लिन पैसा लाग्छ अथवा अन्य कुनै बहानामा पैसा माग्ने वा कुनै प्रलोभन दिएमा त्यस्ता भ्रमपुर्ण आश्वासनको पछि नलाग्न र कोहि कसैले पनि कसैको भावनासंग खेलवाड नर्गन समेत नगरपालिकाले जारी गरेको सूचनामा आग्रह गरिएको छ ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका सन्दर्भमा नेपाल सरकारले तोकेको राजश्वभन्दा अतिरिक्त कुनै पनि रकम तिर्नु नपर्ने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.