onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना

Sambad ADD long

ठाकुरबाबा नगरपालिकाले कृषि तथा पशु वस्तुहरुको उत्पादन बृद्दि गरी उत्पादित बस्तुलाई बजारिकरण गरेर पालिका क्षेत्रमा रोजगारमुलक उद्यमशिल र मर्यादित कृषि व्यवसायको विकास गर्ने उद्देश्यले “ठाकुरबाबा नगरपालिकाको साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन ऐन – २०७९” बमोजिमका प्रकृया पुरा गरेर “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” हेफर इन्टरनेशनल नेपाल र उज्यालो नेपाल (स्थानीय गैर सरकारी संस्था)को साझेदारीमा सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि सारेको छ ।

परियोजनाले आफ्नो ४१ महिने अवधिमा ठाकुरबाबा नगरपालिका भित्रका १ हजार ८०० घरधुरीमा प्रत्यक्ष र १ हजार ८०० घरधुरिमा अप्रत्यक्ष गरि ३ हजार ६०० घरधुरिका महिला तथा युवाहरुमा जोडिएर काम गर्नेछ ।

परियोजनाले कसरी काम गर्छ ?
कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना ठाकुरबाबाले परियोजना अवधिभर गरिब तथा बिपन्न परिवारका महिलाहरुलाई उद्यमशिलता विकास गरेर वातावरण अनुकुल उत्पादन पद्दतिको अनुसरण गर्दै समूह मार्फत् सशक्तिकरण गर्नेछ । कार्यक्रमले आफुले गठन गरेका समूह परिचालन, आर्थिक तथा सामाजिक सशक्तीकरण, तालिम, शिक्षा र विभिन्न सामाग्री सहयोग गरेर समूह पद्दति मजबुत बनाउनेछ । त्यस्तै सुलभ तथा सहुलियतपूर्ण कर्जाको बिस्तारमा बैंक तथा वित्तीय संस्थासंग समन्वय गरेर कृषिको समावेशी रुपान्तरणको लागि मूल्यश्रृङ्खला कार्यक्रममा समेत जोडेर कृषि तथा पशु वस्तुको बजारिकरणमा सहयोग गर्नेछ ।

परियोजनाको बजेट कति छ ?
कार्यक्रमको कुल बजेट ५ करोड ६३ लाख ७७ हजार ३५९ रुपैयाँ छ । कुल बजेटको ७० प्रतिशत अर्थात् ३ करोड ९४ लाख ६४ हजार १५१ रुपैयाँ अनुदान तथा महिला उद्यमशिलता सशक्तीकरण तथा पशुवस्तुको उत्पादन तथा बजारिकरणमा नगरपालिकाको खर्च हुन्छ । बाँकी ३० प्रतिशत कर्मचारी, प्रशासनिक र कार्यालयको व्यवस्थापकिय खर्च १ करोड ६९ लाख १३ हजार २०८ रुपैयाँ हेफर इन्टरनेशनल नेपालले बेहोर्नेछ ।

परियोजनाको कार्यान्वयन प्रकृया के हो ?
परियोजनाले सामुदायिक विकास गर्न समूहमा आवद्ध भएका व्यक्ति तथा घरपरिवारहरुलाई उज्यालो नेपालको सहयोगमा माग र सम्भाव्यता अनुरूपका पशुपंक्षी वितरण, विभिन्न तालिमहरू, वातावरण सुधार र अन्य आवश्यक सेवाहरू उपलब्ध गराई भोक र गरिवी निवारण गर्ने राष्ट्रिय अभियानमा सहभागी हुँदै आएको छ । हेफरका १२ वटा आधारशिलाहरु दिगो सामुदायिक रुपान्तरणका लागि मूल्यमा आधारित सर्वाङ्गीण सामुदायिक विकास पद्धतिका मूल मन्त्रहरु हुन् ।

यी मूल्य मान्यता, सिद्धान्त र दशकौँ देखिको उपलब्धिलाई यो परियोजनामा अभ्यास गरिनेछ । परियोजनाको अर्को सवल पक्ष उपहार प्रदान हो । खुशी मन, निस्वार्थ भावना र आत्मियताका साथ जीवन उपयोगी ज्ञान, सीप, वस्तु तथा सेवाहरु हार्दिकतापूर्वक एकले अर्कोलाई प्रदान गर्दै जाने प्रक्रिया नै उपहार प्रदान हो । उपहार प्रदानले उपहार प्रदान गर्ने र प्राप्त गर्ने दुबैमा आपसमा सन्तुष्टि र अभूतपूर्व खुशीलाई बढाउन पनि उत्तिकै सहयोग गर्दछ ।

यसर्थ, यस परियोजनामा आफुले पाएको अनुदान अन्य व्यक्ति वा समूहलाई उपहार प्रदानको प्रक्रिया अवलम्बन गरि समुदायमा थोरै लगानिमा धेरै प्रतिफल ल्याउनुका साथै हार्दिकता बढाउने छ । साथै परियोजना त्रिपक्षिय साझेदारिमा संचालन हुने हुँदा आशातित उपलब्धि प्राप्त हुनेछ । परियोजना सञ्चालनका बखत गठन गरिएका समूहलाई सहकारीमा रुपान्तरण गरिने तथा कृषि तथा पशुवस्तुको उत्पादन र बजारिकरणको मूल्यश्रृङ्खलामा काम गर्ने भएकोले कार्यक्रमले कृषि तथा पशुपालन व्यवसायलाई दिर्घकालिन तथा सम्मानित पेशा बनाउने विश्वास नगरपालिकाले लिएको छ ।

परियोजनाको पारदर्शिता कति छ ?
साझेदारी कार्यक्रमको आम्दानी तथा खर्च नियमित रुपमा सार्वजनिक गरिनेछ । हेफरले परियोजनाको पारदर्शिता तथा जवाफदेहीताको लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्नेछ । वडास्तरमा वडा स्तरिय परियोजना अनुगमन तथा समन्वय समिति रहनेछ । यो समिति गठन तथा क्रियाशिल रही लाभग्राहीको छनौट, स्रोतको वितरण र व्यवस्थापनको सुनिश्चितताका साथै प्रमाणिकरण गर्नेछ ।

त्यसैले यो कार्यक्रमको हरेक क्षेत्रमा वडाका जनप्रतिनिधिको प्रत्यक्ष जानकारीमा मात्र हुने हुँदा संस्थाबाट कुनै प्रकारका अपारदर्शी क्रियाकलाप हुन पाउने छैन । त्यस्तै परियोजना अनुगमन तथा समन्वय समितिले प्रत्येक त्रैमासिकरुपमा बैठक बसी अघिल्लो त्रैमासिकको प्रगति समिक्षा, खर्चको फर्छयौटको सिफारिस र प्रमाणिकरण, आगामी त्रैमासिकको योजना, वार्षिक प्रगती समिक्षा र योजना तर्जुमा गर्नेछ । परियोजनाको वार्षिक बजेट तथा कार्यक्रम ठाकुरबाबा नगरपालिकाको नगरसभाले स्वीकृत गर्ने भएकाले परियोजनाका हरेक क्रियाकलाप पारदर्शी हुने छन् ।

परियोजनाको दिगोपना कति छ ?
परियोजना समाप्ती पश्चात् यस परियोजनाले सञ्चालनमा ल्याएका विभिन्न संरचना तथा संयन्त्रहरुलाई संस्थागत तथा मूलप्रवाहीकरण गर्न परियोजना कार्यान्वयनको शुरुको चरण देखि नै ध्यान दिइनेछ । परियोजना कार्यान्वयनको क्रममा गठन भएका महिला समूहहरुलाई नगरपालिकामा सूचीकृत गरिनेछ । परियोजना कार्यान्वयनको दोस्रो वर्षमा सबै समूहहरुलाई समेट्ने गरी सहकारी गठन गरिनेछ ।

यसका साथै आवश्यकता अनुसार विषयगत सहकारी संघ, जिल्ला संघहरुमा आवद्धता गरिनेछ । सहकारीको संस्थागत विकास, सुशासन र वित्तिय व्यवस्थापनमा सहयोग गरिने छ । सहकारी संस्थाले शेयर सदस्य तथा सानाकिसानहरुलाई वित्तिय सेवा, कृषि तथा पशु उपजहरुको वजारीकरण, वीमा, उत्पादन सामाग्री, प्राविधिक सेवा निरन्तररुपमा उपलव्ध गराउने छ ।

परियोजनाले प्रवद्र्दन गरेका प्राविधिक पक्षहरुलाई निरन्तरता दिन सामुदायिक कृषि तथा भेटेरिनरी उद्यमीहरु र सहकारी बिच संयुक्त कार्ययोजना तर्जुमा गरिनेछ । यसबाट ती उद्यमीहरुको व्यवसाय र प्राविधिक सेवाको उपलब्धताको सुनिश्चितता हुनेछ । परियोजनाले वितरण गर्ने पशुवस्तु, खोर, घाँस, आदि उपहार मोडेलमा आधारित हुनेछ । यस मोडेल अनुसार उपहार प्राप्त गर्नेको दायित्व अन्य समूहमा पूनः उपहार प्रदान गर्नु पर्नेछ । यस पद्धतिवाट सामाजिक सद्भाव तथा एक आपसमा सहयोग र विश्वास बढ्नेछ । उपहार प्रदान पद्धतिलाई सहकारी संस्थाले निरन्तरता प्रदान गर्नेछ ।

परियोजनाले स्थानीय स्तरमा कृषि उपजको बजारीकरणका लागि आवश्यक प्रविधि तथा उपकरणहरु समुदाय स्तरमा उपलब्ध गराउनेछ । यी उपकरणहरुको उपयोगवाट हुने फाइदाको बारेमा जानकारी गराउने तथा प्रयोगमा जोड दिने हुनाले परियोजना पश्चात पनि यी कार्यहरु सहकारी मार्फत् निरन्तर हुनेछ । त्यसैले परियोजना दिर्घकालिन हुनेछ ।

कसरी काम गर्छ ? कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उधमशिलता साझेदारी परियोजना ठाकुरबाबाले परियोजना अवधिभर गरिब तथा बिपन्न परिवारका महिलाहरुलाई उधमशिलता विकास गरेर वातावरण अनुकुल उत्पादन पद्धतिको अनुसरण समूह मार्फत् सशक्तीकरण गर्नेछ ।

कार्यक्रमले आफुले गठन गरेका समूह परिचालन, आर्थिक तथा सामाजिक सशक्तीकरण, तालिम, शिक्षा र सामाग्री सहयोग गरेर समूह पद्धति मजबुत बनाउनेछ । त्यस्तै सुलभ तथा सहुलियतपुर्ण कर्जाको बिस्तारमा बैंक तथा बित्तीय संस्थासंग समन्वय गरेर कृषिको समावेशी रुपान्तरणको लागि मूल्यश्रृङ्खला कार्यक्रममा समेत जोडेर कृषि तथा पशुवस्तुको बजारिकरणमा सहयोग गर्नेछ ।

कार्यक्रमको बजेट कति छ ? कार्यक्रमको कुल बजेट ५ करोड ६३ लाख ७७ हजार ३५९ रुपैयाँ छ । कुल बजेटको ७० प्रतिशत ३ करोड ९४ लाख ६४ हजार १५१ रुपैयाँ अनुदान तथा महिला उद्यमशिलता सशक्तिकरण तथा पशुवस्तुको उत्पादन तथा बजारिकरणमा नगरपालिकाको खर्च हुन्छ भने बाकी ३० प्रतिशत कर्मचारी, प्रशासनिक र कार्यालयको ब्यवस्थापकिय खर्च १ करोड ६९ लाख १३ हजार २०८ रुपैयाँ हेफर इन्टरनेशनल नेपालले बेहोर्नेछ ।

Leave A Reply

Your email address will not be published.