onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाघ बृद्दिको प्रभाव: दिगो संरक्षणको लागि अपनाउनु पर्ने रणनीतिक योजना

Sambad ADD long

फागुन ६ गते सोमबार मात्र पनि बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५का दुई जना दिदि–बहिनीले बाघको आक्रमणबाट ज्यान गुमाउनु भयो । बर्दिया राष्ट्रिय निकुञ्ज आसपसको मध्यवर्ती सामुदायिक वन क्षेत्र र खाता जैविक मार्ग लगायतका सामुदायिक वन क्षेत्रमा केही वर्ष भित्रै दर्जनौँ नागरिकले बाघको आक्रमणबाट ज्यान गुमाउनु भएको छ ।

वन, वन्यजन्तु र जैविक विविधता संरक्षणको क्षेत्रमा समुदाय सचेत हुँदा वन्यजन्तुको संख्या निरन्तर बृद्दि हुँदै गई रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र वन्यजन्तुको करिडोरका रुपमा चिनिएको खाता क्षेत्रले अन्र्तराष्ट्रिय स्तरमै आफ्नो पहिचान बढाउँदै जाँदा यो क्षेत्र पर्यटकिय गन्तव्यका रुपमा पनि विकास हुँदै गई रहेको छ । खास गरि बाघ संरक्षणका दृष्टिले अन्र्तराष्ट्रिय रुपमा चर्चा कमाउन सफल भएको छ । बाघ बृद्दिको लक्ष्य कायम गरिरहँदा यसले पार्ने प्रभाव र त्यसको निराकरणका उपायहरुको पुर्वानुमान र आँकलन नगरिएको हो कि, अथवा गरिएको प्रभाव मुल्याङ्कन पुनरावलोकन गर्नुपर्ने भएको हो कि ?

बाघ र बाघजन्य आहाराको बृद्दिले समुदायमा के प्रभाव पर्छ, दिगो संरक्षणको लागि अपनाउनु पर्ने रणनीतिक योजनामा बाघ बृद्दिलाई मात्र प्राथमिकतामा त राखिएन ? वन्यजन्तुको बृद्दिसंगै पर्यटन प्रवद्र्दन हुने र आर्थिकरुपमा समुदाय र राष्ट्रलाई नै योगदान हुने अपेक्षा गरिनु अन्यथा त होइन तर कतै यो विश्लेषण एउटा कोणबाट मात्र गरियो की ?

अवश्य पनि योजना निर्माणमा वन र वन्यजन्तुसंग सम्बन्धित क्षेत्रमा लामो समय काम गर्नुभएका विषयविज्ञहरु कै योगदान रहेको होला । वन्यजन्तु बृद्दिको दृष्टिकोणबाट हेर्दा उल्लेख्य सफलता प्राप्त भएको पनि छ । बाघ बृद्दि त्यतिकै सम्भव छैन । बाघको बासस्थान, आहारा प्रजातीको बृद्दि, आहारा प्रजातीका लागि चाहिने उपर्युक्त वनक्षेत्र, घाँसे मैदान इत्यादिको विकासले यो सम्भव होला, तर त्यति हुँदाहुँदै पनि वन्यजन्तुको आहार–बिहार, आचरणको हिसाबले गर्नुपर्ने व्यवस्थापनमा हामिले गरेका कार्यहरु अपर्‍याप्त भएका हुन् कि भन्ने आभाष भई रहेको छ ।

हामिले बाघको संख्या र यसको बासस्थानको हिसाब गर्दा सिंगो बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन क्षेत्र र मध्यवर्ती भन्दा बाहिरको राष्ट्रिय र सामुदायिक वन क्षेत्रलाई एकीकृत रुपमा जोडेर त्यसको तथ्याङ्क प्रस्तुत गर्ने गरेका छौँ । तर ती सबै क्षेत्रहरु बाघको बासस्थानका हिसाबले उपर्युक्त क्षेत्र हुन सक्दैनन् । अधिकांश बाघको आक्रमणका घटनाहरु बर्दिया राष्ट्रिय निकुञ्जको पुर्वी र पश्चिमी क्षेत्रमा भएका छन् । त्यसकारण पनि त्यो भु–भागमा बाघ र वन्यजन्तुको अधिक घनत्व रहेको सहजै अनुमान गर्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम तटीयक्षेत्र र सो क्षेत्रसंग जोडिएको खाता करिडोरमा सबैभन्दा बढी बाघको आक्रमण भएका घटना सार्वजनिक भएका छन् ।

वन तथा वातावरण मन्त्रालय र मातहतका निकायहरु साथै वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्ने संघ–संस्थाले यो क्षेत्रको विस्तृत अध्ययन गरि उपर्युक्त निकास निकाल्नु आवश्यक छ । समयमा नै समस्याको समाधान नखोज्दा संरक्षणमा प्रतिवद्द जनताको मनोबल टुट्न सक्छ । संरक्षण कसका लागि ? संरक्षण के का लागि ? भन्ने प्रश्न खडा हुनेछ । फलतः यसले संरक्षणमै गम्भिर असर पर्न जानेछ ।

पछिल्लो समय बाघको आक्रमणका घटना बढ्दै जानुले सरकार र संरक्षणकर्मीलाई एकपटक फेरि गम्भिर भएर संरक्षणका सन्दर्भमा समिक्षा गर्न घचघच्याई रहेको छ  संरक्षणमा समुदायको भुमिका महत्वपूर्ण हुने तर समुदायनै बढी प्रभावित हुने भएकाले अपनाउनु पर्ने सावधानी, सचेतना र वन पैदावरमा भएको निर्भरतालाई कमि ल्याउन अपनाउनु पर्ने रणनीति

  • आय आर्जनका वैकल्पिक उपायहरुको खोजी र सरकारले गर्ने सहयोगमा बृद्दि
  • घाइते तथा समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन
  • क्षतिपूर्ती र राहतको बृद्दि, सहज र सरल उपलब्धता
  • वन्यजन्तुको वैकल्पिक बासस्थानको खोजी र स्थानान्तरण
Leave A Reply

Your email address will not be published.