
भुरीगाउँ, बर्दिया : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका शैलेस खनाल निर्वाचित हुनु भएको छ । स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थी समूहका आयुस थारुलाई १७ मतले पछि पार्दै खनाल सभापतिमा निर्वाचित हुनु भएको हो ।
खनालले ९१ मत प्राप्त गरि स्ववियु सभापति निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी थारुले ७४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का प्रतिस्पर्धी उम्मेद्वार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का आर्जन रिजालले ७२ मत प्राप्त गर्नु भएको छ ।