onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

छात्रवृत्ति वितरणसंगै डा. गोपाल दहितको पुस्तक विमोचन

Sambad ADD long

राजापुर, बर्दिया : युनिक नेपाल संस्थाले पढाइमा उत्कृष्ट एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले हरेक वर्ष प्रदान गर्दै आइरहेको छात्रवृत्ति यस वर्ष पनि एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएकै कारण धेरै विद्यार्थीहरुले अध्ययनलाई विचैमा छोड्ने गरेको परिवेशमा युनिक नेपालले हरेक वर्ष ६० जनालाई छात्रवृत्ति दिने गरेको छ ।

छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आज छात्रवृत्ति पाउने विद्यार्थी भोली गएर सक्षम बन्ने र उनीहरुले भविष्यमा गर्ने कमाइबाट सानो रकम छुट्टाएर गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिन सकेमा आर्थिक अभावकै कारण अध्ययन गर्न नपाएका विद्यार्थीले अध्ययनको अवसर पाउने र छात्रवृत्तिको चक्र चलि रहने पूर्व भुमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले बताउनु भयो ।

राम्रो पढ्ने, मेहनती विधार्थी आर्थिक अवस्था कमजोर भएकै कारण किताब, कापी, कलम जस्ता अति आवश्यक शैक्षिक सामाग्री खरीद गर्न नसकेर विचैमा अध्ययन छोड्नुपर्ने अवस्थामा पुग्ने गरेको छन् । रकम अभावकै कारण धेरै विद्यार्थीहरुले पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय छोड्न बाध्य भएका छन् । बर्दियासंगै पश्चिम नेपालमा भारतसंग खुल्ला सिमानाका कारण कमाइ गर्ने उद्देश्यले अध्ययन छोडर रोजगारीका लागि धेरैको संख्यामा सानो उमेर समुहका युवाहरु आफ्ना अभिभावकहरुसंगै भारतीय श्रम बजारमा जाने गरेको तथ्याङ्क सार्वजनिक हुने गरेको छ ।

छात्रवृत्ति प्रदान गर्नका लागि युनिक नेपालले स्वतन्त्र छनौट समिति गठन गरी विभिन्न विद्यालयहरुबाट आएका निवेदनहरुमा छलफल गरी विद्यार्थीको छनौट गर्ने गरेको युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले बताउनु भयो । छनौट समितिबाट छाजिएका ६० जना मध्य १० जनालाई जनहि १० हजार रुपैयाँ र ५० जनालाई जनहि ७ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको छ ।

युनिक नेपालद्वारा वितरण गरिएको छात्रवृत्ति कार्यक्रमका विशिष्ठ अतिथि राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले शिक्षामा प्रगती हुँदै गर्दा पछिल्लो समयमा बिकृती पनि संगसैगै मौलाएको बताउनु भयो । सूचना र प्रविधीको अहिलेको जमानामा प्रविधीको गलत प्रयोग बढ्दो भएकाले यसलाइ निरुत्साहित गर्न सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने आवश्यकता रहेको समेत राजापुर नगर प्रमुख थारुले बताउनु भयो ।

युनिक नेपालद्वारा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा डा. गोपाल दहितद्वारा लिखित एवम् संकलित थारु नाच हुरडुङग्वा पुस्तकको विमोचन गरिँदै । तस्वीर :ऋषी वाग्ला/संवाद

 

आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा युनिक नेपालको प्रकाशनमा डा. गोपाल दहितद्वारा लिखित एवम् संकलित थारु नाच हुरडुङ्ग्वाके गीत संग्रह पुस्तकको विमोचन पनि गरिएको छ । सो पुस्तकमा विभिन्न थारु समुदायले मनाउने पर्व एवम् साँस्कृतिक कार्यक्रममा गाइने हजारौँ वर्षको इतिहास बोकेको र रचेका विभिन्न कला, संस्कृती, परम्परा, गीतबास, नाचगान हस्तकला आदि सामेल रहेको लेखक दहितले बताउनुभयो ।

युनिक नेपालले हालसम्म दर्जन बढी पुस्तकहरु प्रकाशन गरेको छ । पुस्तकहरु बिक्रिबाट आर्थिकलाभ लिने भन्दा पनि दस्तावेजीकरण र प्रवद्र्दन गर्ने प्रमुख उद्देश्य युनिक नेपालको रहेको युनिक नेपालका अध्यक्ष प्रितम बहादुर थारुले जानकारी दिनुभयो । युनिक नेपालले समुदायको उत्थानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन तथा पुस्तक प्रकाशन गर्दै आई रहेको छ ।

Leave A Reply

Your email address will not be published.