online-aama-surachhya-sandesh

रासायनिक मलमा अनुदान घटाएको विरोधमा बर्दियामा प्रदर्शन

अनुदान बढाउँदै समयमानै मल उपलब्ध गराउन माग

Sambad ADD long

बाँसगढी, बर्दिया : नेपाल सरकारले किसानहरुलाई रासायनिक मलमा दिँदै आएको अनुदान घटाएपछि अखिल नेपाल किसान महासंघ बर्दियाले विरोध जनाएको छ । किसानको हित विपरीत गत फागुन २६ गते बसेको मन्त्री परिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान घटाएपछि किसानहरु मर्कामा पर्ने भन्दै नेपाल किसान महासंघ बर्दियाले विरोध गरेको हो ।

अखिल नेपाल किसान महासंघ बर्दियाले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । किसानहरुले समयमा रासायनिक मल नपाएर समस्या भोगी रहेको समयमा रासायनिक मलमा भएको मुल्य बृद्दिले झन् ठुलो संकट व्योहोर्नु परेको भन्दै किसानहरु थप मारमा परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । कृषकहरुलाई समयमा रासायनिक मल उपलब्ध गराउनुको साथै रासायनिक मलमा दिँदै आएको अनुदानलाई घटाउनु भन्दा पनि अनुदान रकम बढाउनु पर्ने माग गरेका छन् ।

कृषकको हितको लागि र कृषि क्षेत्रको विकासको लागि गुणस्तरिय रासायनिक मल र बीउ सरकारले उपलब्ध गराउनु पर्ने अखिल नेपाल किसान महासंघ बर्दियाका अध्यक्ष रामसोहन थारुले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले सम्बन्धित पक्षसम्म ध्यानाकर्षण पत्र पुर्‍याउने बताउनु भयो ।

बाँसगढी बजारमा किसानहरुले रासायनिक मलमा अनुदान घटाई मुल्य बढाएकोमा विरोध गरेका गर्दै अखिल नेपाल किसान महासंघ बर्दिया सहित किसानहरुको टोलीले बाँसगढीको कोणसभाको आयोजना गरि विरोध प्रर्दशन गरेका छन् ।

अखिल नेपाल किसान महासंघ बर्दियाले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

Leave A Reply

Your email address will not be published.