भुरीगाउँ, बर्दिया : सकारात्मक सिकाई वातावरण सिर्जना सम्बन्धि पुर्नःताजगी तालिम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको सहकार्य तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणिय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारीमा कार्यक्रममा सम्पन्न भएको हो ।
सकारात्मक सिकाई सिर्जना सम्बन्धि पुर्नःताजगी कार्यक्रममा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका शिक्षकहरुको सहभागितामा विद्यालय शिक्षा सुधार सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ । विद्यार्थीहरुको पढाइमा सकारात्मक सुधार ल्याइ शिक्षामा गुणस्तरियता प्रदान गरी जीवनस्तर सुधार गर्ने र पढाइबाट कुनै कारणले बन्चित भएका बालबालिकाहरुको पढाइमा निरन्तरता दिन तथा बालविवाह न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावगहरुको भुमिका, विद्यालयको भौतिक संरचना, विद्यालयका नीति र कार्यविधिको महत्वको बारेमा पनि अन्तरक्रिया गरिएको कार्यक्रम संयोजक नवराज ढुङ्गानाले बताउनुभयो । असल विद्यालयका गुणहरु, शिक्षकले पालना गर्नुपर्ने नीती–नियमहरु लागु गर्न सबैमा अनुरोध गरिएको छ । विद्यार्थीहरुलाई समता र समानताका आधारमा समावेश गराउने, पारदर्शिता, जवाफदेहिता, उत्तरदाहित्व बोध गराउनका लागि उचित किसिमको वातावरणले मात्र सम्भव हुने भएकाले आफ्ना बालबालिका र विद्यार्थीहरुलाई मार्गदर्शन गर्न सबै अभिभावक तथा शिक्षकको महत्वपूर्ण भुमिका हुने भएकाले सो को जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । सम्पनन कार्यक्रमले समुदायमा हुने बालविवाह न्यूनिकरण गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा शिक्षा कार्ययोजना निर्माण समेत गरिएको छ । कार्ययोजना अनतरगत कार्यविधि कसरी, कहिले र कहाँ लगायतको विषयमा कार्य योजना निर्माण गरिएको छ । विद्यालय व्यवस्थापन समिती अभिमुखीकरण, बाल क्लबहरुको गठन, सकारात्म सिकाई वातावरण सिर्जना, समावेसी, समाहित कक्षा, लैङ्गीक तथा बालमैत्री कक्षा व्यवस्थापन, गुनासो पेटिका, वडापत्र व्यवस्थापन, बृहत्तर विद्यालय सुरक्षा रणनीति, कार्यनीति निर्माण, बाल आचारसंहिता निर्माण लगायतको विषयमा कार्ययोजना निर्माण गरिएको जनाइएको छ ।
शिक्षकहरुमा हुनुपर्ने गुणलाई प्रभावकारीरुपले लागु गर्नका लागि शिक्षकमा तीन किसिमको ज्ञानको महत्वपुर्ण भुमिका हुने भएकाले असल शिक्षकमा विषयबस्तुको ज्ञान, व्यवसायिक ज्ञान, जीवनपद्दतीको ज्ञान भएमा मात्र विद्यार्थीहरुलाई असल शिक्षा बोध गराउन सकिने कार्यक्रममा जानकारी दिइएको छ । विद्यालयको भौतिक संरचना तथा कक्षाकोठाको उचित व्यवस्था, शिक्षक विद्यार्थी बिचको आत्मीयता, शिक्षक र अभिभावकको साथ र सक्रियताले मात्र विद्यार्थीले थप उर्जा प्राप्त गर्न सक्ने भएकाले समय समयमा अभिभावकहरुले विद्यालयमा गइ आफ्ना बालबालिकाको पढाईको बारेमा बुझ्न समेत अनुरोध गरिएको छ ,
कार्यक्रममा विद्यार्थीहरुलाई सकारात्मक सोचका साथ परिवर्तन गरि विद्यार्थीहरुको जीवनस्तरमा सुधार ल्याउने र पढाईबाट कुनै पनि कारणले बन्चित भएका बालबालिकाहरुलाई पढाईमा समावेश गर्ने अभिप्रायले बारबार्दिया नगरपालिकाका शिक्षक र ठाकुरबाबा नगरपालिकाका शिक्षहरुसंग छलफल गरिएको भेरी वातावरणिय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेकी सुपरभाइजर माया खड्काले जानकारी दिनुभयो ।