online-aama-surachhya-sandesh

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको अध्यक्षमा मुराहरी चौधरी चयन

Sambad ADD long

बर्दिया : नेपाली वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेड जिल्ला समिति बर्दियाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बर्दियाको सदरमुकाम गुलरियामा शुक्रबार जिल्ला अधिवेशन सम्पन भएको केन्द्रीय प्रतिनिधि सन्तोष कुँवर योगीले जानकारी दिनुभयो ।

सम्पन्न जिल्ला अधिवेशनले मुराहरी चौधरीको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा कोमानन्द भण्डारी, सचिवमा सुनिल प्रकाश चौधरी, कोषाध्यक्षमा विमला श्रेष्ठ र सह–सचिवमा जगदिश भण्डारीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा अम्बिका रावल, बहादुर चौधरी, निरज चौधरी, शंकरलाल थारु, जनक झा र हेमन्त रेग्मीलाई सर्वसम्मत चयन गरेको नवनिर्वाचित अध्यक्ष मुराहरी चौधरीले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनले सल्लाहकार समितिमा जनक बहादुर शाह, घनश्याम न्यौपाने र सन्तोष कुवँर योगीलाई चयन गरेको छ । शुक्रबार सम्पन्न भएको अधिवेशनले घनश्याम न्यौपाने र सन्तोष कुँवर योगीलाई केन्द्रिय प्रतिनिधि तथा भिम चौधरी, हेमन्त रेग्मी, निरज चौधरी र जनक झालाई प्रदेश प्रतिनिधिमा चयन गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.