
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर २ की आरती थारुकी छोरी प्रकृती थारु ज्ञानोदय आधारभुत बिधालयको कक्षा ४ मा पढ्छिन् । उनी सँधै विद्यालय गए पनि घरमा पढ्ने बानी पटक्कै थिएन । विद्यालयबाट घर आउँदा विद्यालय पोसाक र झोला जहाँ पायो त्यही फाल्थिन् । तर उनको घरमा पढाई कुना बनाएपछि उनको व्यवहारमा निकै परिवर्तन भएको छ । प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाई कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउपालिकाको समन्वय तथा सहकार्यमा बालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाई कुनाले प्रकृतीको दैनिकी कृयाकलाप फेरिएको छ ।
प्रकृतीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन् । हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन् । प्रकृतीकी आमा आरती भन्छिन्, “पहिले हामीलाई यस्तो पढाई कुना भन्ने थाहा थिएन, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथा नगरपालिकाले सिकाइ अनुसार घरमा पढाई कुना बनाए पछि छोरीको घरमै पढ्ने बानी परेको छ ।” प्रकृतीले पढाई कुनामा हरेक दिन करिब दुई घण्टा पढ्छिन् ।
बारबर्दिया नगरपालिका वडा नंम्बर ११ कि सैलीजा ढोटैली, गेरुवा गाउँपालिका वडा नम्बर ५ को आइसा थारुको घरमा पनि पढाई कुना छ । उनी हरेक दिन विद्यालयबाट घर आउँदा पढाई कुना भएकै कोठामा जान्छिन् । उनले लगाउने कपडा, विद्यालयकोपोसाक र शैक्षिक सामग्रीहरू त्यहीँ राख्छिन् । उनी विद्यालयबाट दिएको गृहकार्य त्यहीँ गर्छिन् । त्यही कोठामा पढ्छिन् । पहिले उनको घरमा पढाई कुना नहुँदा नियमित पढ्ने बानी थिएन । आजभोलि नियमित पढ्छिन् । घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन् । यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ । आइसा भन्छिन्, “स्याक नेपाल बाँकेले परियोजना संचालन पछि पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ । पढौं पढौंलाग्छ । पहिले घरमा पढ्नै मन लाग्दैनथियो । विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो । अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाई कुनामा बढी बढ्न मन लाग्छ ।” प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन, बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाको परियोजना संचालन भएका करिब २८७ घरधुरीमा पढाई कुना निर्माण गरिएकोसिकाई परियोजनाका परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउपालिको समन्वयमा पढाई कुना बनाइएका हुन । शर्मा भन्नुहुन्छ “विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रम मार्फत् अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुवात गरेका छौं ।”
प्लान इन्टरनेशनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५ वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइस्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूका लागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ । बिजय प्राथामिक बिधालय बारबर्दिया नगरपालीका वडा नम्बर ११का प्रधानाध्यापक धरमेन्द्र थारुले पढाई कुना र सिकाइ केन्द्र सञ्चालन भएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले संस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र संस्थाले संचालन गरेका हरेक कृयाकलापमा नगरपालिकाको समन्वय सहकार्य रहेको बताउनुभयो । संस्थाले पुर्व प्राथामिक तहमा गरेको लगानी सार्थक र उपलब्धी मुलक भएको बताउनु भयो । बारबर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बारबर्दिया नगरपालिकाको शैक्षिक गुणस्तर बृद्दिका लागि उल्लेखनिय कार्य गरेको बताउनुभयो ।
राज्यको नजर नपुगको ठाउँमा संस्थाले पूर्वप्राथामिक कक्षाहरुलाइ नमूना बनाउने, आइसिटि सहयोग मार्फत् प्रविधिमैत्री सिकाइ, अभिभाक शिक्षा, भौतिक पुर्वाधार निर्माण र पालिकास्तरको शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रम निर्माण गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । तसर्थ परियोजना मार्फत् बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूको सिकाइमा उल्लेख्य सुधार भएको बताइएको छ ।