- भुरीगाउँ, बर्दिया : नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकाे अध्यक्षमा पुनः प्रेमप्रसाद लम्साल सर्वसम्मत चयन
नेपाल स्वयंमसेवी रक्तदाता समाज बर्दियाकाे दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रेमप्रसाद लम्साल पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।
विहिबार बर्दियाको राजापुरमा सम्पन्न अधिवेशनले नेपाल स्वयंमसेवी रक्तदाता समाज बर्दियाकाे निर्वाचन समिति संयोजक विपिन पौडेलको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनबाट नेपाल स्वयंमसेवी रक्तदाता समाज बर्दियाका लागि प्रेमप्रसाद लम्साल पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हाे ।
उपाध्यक्षमा सन्तोस बास्तोला, सचिवमा श्यामलाल थारु, कोषाध्यक्षमा उमा कुमारी मल्ल सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा शिशिर शर्मा, शंकर थारु, मेहमुड मनिहार सिद्धिकी, चल्टुराम थारु , रामकिसन चौधरी, रविन परियार रामबाबु सुवेदी र लङ्ककेश्वरी खत्री सर्वसम्मत चयन हुनुभएको छ ।