onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

प्रधान सम्पादक भावुक योगी स्वयमंसेवी रक्तदाता समाजद्वारा सम्मानित

Sambad ADD long

भुरीगाउँ, बर्दिया : अनलाइन संवादका प्रधान सम्पादक भावुक याेगी सम्मानित हुनुभएकाे छ । बर्दियामा सरकारी तथा गैरसरकारी संघ-संस्थाले सञ्चालन गरेका रक्तदान कार्यक्रमलाई थप प्रभावकारी बनाउन रक्तदानको महत्त्वलाई समुदायसम्म पुर्‍याउन निरन्तररूपमा सूचना, समाचार सम्प्रेषण गरी महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै योगी नेपाल स्वयमंसेवी रक्तदाता समाज बर्दियाद्वारा सम्मानित हुनुभएको हाे ।

विक्रम संवत् २०७२ सालको भूकम्पपछि बर्दियामा सुरु गरिएको रक्तदान अभियानमा सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै स्वयमंसेवी रक्तदाता समाज बर्दियाको दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा रेडियो टाइगरका प्रबन्ध निर्देशक, उज्यालो रेडियो नेटवर्क (उज्यालो अनलाइन)का बर्दिया प्रतिनिधि एवम् नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष समेत रहनुभएका अनलाइन संवादका प्रधान सम्पादक योगी सम्मानित हुनुभएको हो ।

समाजका अध्यक्ष प्रेम प्रसाद लम्साल, राजापुर नगरपालिकाकी उप-प्रमुख मनकला चौधरी, नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला सभापति कृष्ण प्रसाद गौतमले संयुक्तरूपमा पत्रकार योगीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

झन्डै दुई दशकदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षण र समाजिक क्षेत्रमा कलम चलाउनु भएका योगीले सात वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित बर्दियाकाे भुरीगाउँमा रेडियो टाइगर पनि सञ्चालनमा ल्याउनुभएको छ । विभिन्न अभियानमा समाचार सम्प्रेषण गरेबापत बेला–बेला उहाँलाई विभिन्न संघ-संस्था तथा कार्यालयले सम्मान गर्दै आएका छन् ।

रक्तदान जीवनदान अभियान, प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो, प्रत्येक स्वस्थ युवा, युवतीहरुले आफ्नो १८ औँ जन्मोत्सवमा रक्तदानको शुभारम्भ गरौँ भन्ने नारासहित देशभर रक्तदान अभियानमा रहेको नेपाल स्वयंमसेवी रक्तदाता समाजमा बर्दिया जिल्ला पनि आबद्ध भएको छ । अहिलेसम्म देशभरका ३४ वटा जिल्लामा याे समाज गठन गरिएको छ ।

झन्डै २१ वर्ष अघिदेखि सुर्खेतबाट निरन्तररूपमा रक्तदान गर्दै आउनुभएका, अहिलेसम्म ६३ पटक रक्तदान गर्नुभएका रक्तदान अभियन्त्ता बर्दिया ठाकुरबाबा नगरपालिका ३ का प्रेमप्रसाद लम्सालले पत्रकार योगीसँगै समाजसेवी चल्टुराम थारु, श्यामलाल थारु, अर्जुन सुवेदी, गोपाल निरौला लगायत विभिन्न सङ्घ–संस्थाको सहयोगमा रक्तदान कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउनुभएको छ ।

रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरूलाई सम्मान गर्ने अवसरको रूपमा अघि बढाउने अभियान सुरु गरिने जनाइएको छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नहुने डाक्टरहरूकाे भनाइ छ । सामान्यतया १८ देखि ६० वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने र ज्यान बचाउन सकिने भएकाले ‘रक्तदान जीवनदान’ समेत भन्ने गरिन्छ ।

सुर्खेतबाट बसाइँसराइ गरी बर्दिया आउनुभएका सहकर्मी समाज संस्थाका पूर्वकर्मचारी प्रेमप्रसाद लम्सालले रक्तदान गर्नु जीवनदान गर्नु हो भन्ने सोचेर २०५८ सालदेखि निरन्तर रक्तदान गर्दै आएको बताउँदै रक्तदान जीवनदान भएकाले मानिसको शरीरबाट हरेक तीन महिनामा खेर जाने रगतलाई दान गर्दा स्वयंलाई लाभ हुने बताउनुभयो । समाजले बर्दियाका आठ वटै पालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गरी हरेक तीनदेखि चार महिनामा जिल्ला विभिन्न पालिकामा रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.