onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : निर्माण भइरहेका योजनाको अनुगमन, समयमै निर्माण सक्न आग्रह

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा संचालित मुख्य आयोजनाहरुको अनुगमन सुरु भएको छ । ठाकुरबाबा नगरपालिका उपप्रमुख विना कुमारी भट्टाई, वडा नम्बर ९ का वडा अध्यक्ष राधा चौधरी, नगरपालिकाका इन्जीनियर ज्ञान बहादुर चौधरी र पत्रकारसहितको टोलीले अनुगमन गरेको हो ।

संघ, प्रदेश र नगरपालिकाबाट सुरु भएका योजनाहरु मध्ये अनुगमनको पहिलो दिन भुरिगाउँ बजारमा सुरु भएको कालोपत्रेको पनि अनुगमन गर्दै कमसल खालको सामाग्री प्रयोग नगर्न सुझाव दिँदै लामो समयसम्म टिकाउ हुने कालोपत्रे गर्न अनुरोध गर्नुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरु वडा नम्बर ९ को भवन, ठाकुरद्धाराता बेतहनीको सांस्कृतीक डबली भवन, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन र बन्तरियामा निर्माण कार्य सुरु हुन लागेको पुलको पनि अनुगमन गरिएको छ ।

गुणस्तरीय सामाग्री प्रयोग गर्न तथा तोकिएको समयमै निर्माण कार्य सक्न उपप्रमुख भट्टराइले निर्माण व्यवसाथी र उपभोक्ता समितीलाई आग्रह गर्नुभयो । ठाकुरद्धारा बानुगाउँ हुँदै हात्तीसार सडककालो पत्रे गर्न निर्माण व्यवसायीले जिम्मा लिएपनि अहिलेसम्म सुरु नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले ठाकुरद्धारा बानुगाउँ कालो पत्रे सडकको म्याद थप गरि चैत्रसम्म सम्पन्न गर्न निर्माण व्यवसायीलाई पत्र पठाईएको समेत बताउनुभयो । यस्तै बन्तरिया, सुतैया, गोदाना सडकखण्डको काठे पुल बाढी बगाएको जरही खोलामा झोलुङ्गे पुल निर्माण हुने बताउनुभयो ।

नगरपालिका भित्रका सबै आवस्यक ठाउँमा सडक स्तरोन्नती गर्ने, पुल कल्र्भटका लागि पहल गर्ने बताउँदै तत्काल ३ नम्बर वडाको गोदना, मिर्चैयालगायत ९ वटै वडाका गाउँका बाटोमा बनेका कल्र्भट आसपासका खाल्डाखुल्डी तत्काल पुर्ने उपप्रमुख विना कुमारी भट्टराइले प्रतिबद्धता जनाउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.