onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाको भुरीगाउँमा महिला मृत फेला, हत्याको आशंका

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा एक महिलाको शव फेला परेको छ । भुरीगाउँको नेपाल टेलिकम कार्यालय गेट नजिक कञ्चनपुर, नेउलापुर गाउँ जाने सडक किनारमा ठाकुरबाबा नगरपालिका ५ गोविन्दपुर घुम्नाफाँटा गाउँकी ४१ वर्षिया सन्चुरिया थारु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय – बगनाहा, भुरीगाउँले जनाएको छ ।

मंगलबार मध्यान्हतिर घरबाट पेट दुखेको औषधी लिन मेडिकल हिँडेकी महिला अबेर रातीसम्म पनि घर नफर्किएपछि रातीदेखि खोजी भइरहेको थियो । बुधवार विहान ६ बजेतिर कञ्चनपुर, नेउलापुर गाउँ जाने सडक किनारमा महिलाको शव देखेपछि स्थानीयबासीन्दाले प्रहरीमा खबर गरेका हुन् ।

अनुसन्धानसहितको प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको छ । मृतक महिलाको शरिरमा घाउ चोट कहिँ नभएकाले कसरी मृत्यु भयो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

मृतक महिलाको साइकल पनि शव नजिकै रहेको र मृतक महिलाको खुट्टामा चप्पल र सल पनि नभएकाले महिलालाई हत्या गरिएको हुनसक्ने पारिवारिक श्रोतको दाबी छ ।

ठाकुरबाबा नगरपालिका नगर उप-प्रमुख बिना कुमारी भट्टराईले अनुसन्धानको पाटोलाई अघि बढाई सत्य तथ्य बाहिर ल्याउन प्रहरी समक्ष आग्रह गर्नुभएको छ । अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.