online-aama-surachhya-sandesh

ठाकुरबाबा : बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

ठाकुरबाबा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने तयारी

Sambad ADD long

भुरीगाउँ, बर्दिया : प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणिय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा बालविवाह न्यूनिकरण परियोजना अन्तरगतको स्थानीय सरोकारवालाहरुसंग बाल संरक्षण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बालविवाह न्यूनिकरण परियोजना अन्तरगतको स्थानीय सरोकारवालाहरुसंग बाल संरक्षण सम्बन्धि २ दिने कार्यशाला गोष्ठी फागुन १३ र १४ गते संचालन भई ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा सम्पन्न भएको बी–ग्रुपकी सुपरभाइजर सिर्जना चौधरीले जानकारी दिनुभयो । बाल विवाहको न्यूनिकरण, बालिका र किशोरीको सशक्तिकरण, बालिका र किशोरीको गुणस्तरिय शिक्षा, कानुन र नीतिको सुद्धिकरण तथा कार्यन्वयन गरी बालविवाह रोकथाममा स्थानीय स्तरमा जनचेतना जगाउने मुख्य उद्देश्य रहेको जनाइएको छ ।

कार्यक्रममा बालबालिका बिभेद रहित सर्वोत्तम, बालबालिको दीर्घ जीवन र विकासको लागि सानैमा लगानी गरे मात्र राष्ट्रको विकास हुने विषयमा छलफल गरिएको छ । कार्यक्रममा बालबालिकाको विचार, भावनाको कदर गर्ने, विभिन्न कार्यक्रममा सहभगिता गराउने, बालबालिकाको बाच्न पाउने अधिकार, बाल संरक्षण, बाच्न पाउने अधिकार, विकास गर्न पाउने, अधिकार र अवश्यकता, बालबालिकाहरु स्वतन्त्र जिवन बाच्न पाउने लगायतका बिषयमा कार्यशाला गोष्ठी सञ्चालन भएको थियो ।

ठाकुरबाबा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्नका लागि एक वडाबाट अभियानको सुरुवात गर्ने, बालविवाहको न्यूनिकरण गर्नका लागि स्थानीय सरकार, सरोकारवाला संघ–संस्था, बाल क्लव, अभिभावक, शिक्षक, समाजिक अभियन्ता लगायत संचारकर्मीको जिम्मेवारी तथा सामाजिक दायित्व रहेको छ भने ठाकुरबाबा नगर उप–प्रमुख विना कुमारी भट्टराईले जानकारी दिनुभयो । सिपमुलक तालिम, रोजगारको सृजना गर्न सकेको खण्डमा पनि केहि हत सम्म बालविवाह रोकथाम गर्न सकिने र विवाह गर्दा वडा कार्यलयको सिफारिस बनाएर मात्र विवाह गर्ने नियम बनाउनु पर्ने उप–प्रमुख भट्टराईले बताउनुभयो ।

स्थानीयस्तरमा बालबालिकाहरुलाई बेचबिखन,ओसारपोसार, घरेलु हिंसा,बालश्रम श्रोषण र बालविवाह बिरुद्ध जनचेतना मुलक कार्यक्रम संचालन र गाउँ स्तरमा बाल संरक्षणको विषयमा चेतना अभिबृद्दि गर्न संचार माध्यम लगायत अन्य उपयुक्त माध्यमलाई परिचालन गरेर पनि बालविवाह रोकथाम गर्न सकिने सहजकर्ता प्रकाश उपाध्यायले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.