onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

हाम्रो मध्यवर्ती साकोसद्वारा ऋण विमा बापतको २० लाख रकम हस्तान्तरण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक शेयर सदस्यको परिवारलाई विमा वापतको रकम प्रदान गरेको छ । सहकारीले ऋण विमा वापतको २० लाख १० हजार र काजक्रिया वापत ५७ हजार ५०० रुपैँया गरी २० लाख ६७ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको हो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ सुखाडका शेयर सदस्य लोकेन्द्र बहादुर भण्डारीका पत्नी हेमु खत्री भण्डारीलाई ऋण विमा वापतको रकम घरमै पुगेर हस्तान्तरण गरिएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । मृतक भण्डारीको घरमै पुगेर संस्थाका अध्यक्ष नवराज न्यौपाने, वडा नम्बर ८ का वडाध्यक्ष टेक बहादुर बडुवाल, बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत (वार्डेन) रमेश कुमार थापा, रेडियो टाइगरका प्रवन्ध निर्देशक एवम् अनलाइन संवादका प्रधान सम्पादक भावुक योगी, साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापा र संस्थाका कर्मचारी सहितको सहभागितामा शेयर सदस्य मृतक भण्डारीका पत्नी र बुवालाई रकम हस्तान्तण गरिएको हो ।

साकोसका शेयर सदस्य भण्डारीको मंसिर महिनामा सवारी दुर्घनामा परि निधन भएको थियो । यस्तै संस्थाले काजक्रिया वापत कुल ऋणको १० प्रतिशत रकम समेत जोडेर विमा बापतको रकम प्रदान गरेको हो । शेयर सदस्यको दुर्घटना वापत १ लाख रुपैँया पनि हस्तान्तरण गरिने जनाइएको छ । संस्थाले दैनिक १ रुपैँयामा शेयर सदस्य बचत विमा अभियान सुरुवात गरेको छ भने संस्थाबाट ऋण लिने शेयर सदस्यहरुका लागि १० लाख रुपैँयासम्मको ऋण विमा सुरुवात गरेको छ ।

यदी कुनै दुर्घटनामा ऋणीको निधन भएमा ऋण विमा गरेको भएमा दोब्बर रकम विमा वापत संस्थाले उपलब्ध गराउने प्रावधान रहेको संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर थापाले बताउनुभयो । सुखको र दुःखको साथी हाम्रो मध्यवर्ती सहकारी नारा सहित शेयर सदस्यहरुलाई सदस्य दुर्घटना विमा तथा ऋण विमा गर्न संस्थाका अध्यक्ष न्यौपानेले आग्रह गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.