अन्तर नगर पुरुष खो खोको फाइनल खेल ठाकुरबाबा र कीर्तिपुरबिच हुने

Sambad ADD long

काठमाण्डौ : भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर नगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि फाइनल खेल मंगलबार ठाकुरबाबा नगरपालिका र कीर्तिपुर नगरपालिकाबिच हुने भएको छ। यस्तै तेस्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबिच मगलबार नै खेल हुनेछ ।

सोमबार भएको सेमिफाइनल खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो । साथै भक्तपुर नगरपालिका बि लाई हराउँदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा तय गरेको हो । विजयी टोलीलाई सांसद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । खेल महेश्वरी खेल मैदान भक्तपुरमा हुने छ ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो । त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.