बर्दिया : लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीनाले आफु निर्वाचित बर्दिया क्षेत्र नम्बर २ को १ क्षेत्र मात्र नभई समग्र बर्दियाको विकासका लागि आवाज उठाउँदै काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बर्दियाका संचारकर्मीहरुसंग सोमबार आयोजित साक्षात्कार कार्यक्रममा लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीनाले बर्दिया जिल्लाका सबै समस्याका विषयमा आवाज उठाउँदै विकास निर्माण कार्यमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको हो ।
बर्दिया जिल्लाको पहिचान गराउन तर्फ राजनितिक दल, जनप्रतिनिधी र संचारकर्मी सबैले पहल गर्नुपर्ने बताउँदै विकास निर्माणमा आउने जटिलतालाई सहज बनाउँदै, मानव वन्यजन्तबीचको द्धन्द्ध न्युनिकरण गर्न र बर्दिया निकुञ्ज रहेको ठाकुरद्धारा क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउन निस्वार्थ भावनाले अघि बढ्ने प्रतिबद्धता जनाउँदै आफुलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका पुर्व अध्यक्ष एवं वरिष्ट पत्रकार कमल पन्थिले स्थानीय र संघ, प्रदेश निर्वाचन सम्पन्न पश्चात कोहिपनि जनप्रतिनिधीले संचारकर्मीसंग भेटघाट गरि साक्षात्कार नगरेको तर लुम्बीनी प्रदेश सभा सदस्य तिमिल्सेनाले संचारकर्मीहरुसंग साक्षात्कार गरेकोमा धन्यवाद दिँदै गेरुवा नदीको कोठियाघाट पुल नजिक अलपत्र अवस्थामा रहेको पन्टुन पुललाई देशका अन्य कुनै जिल्लाका नदीमा लगेर जडान गर्न तर्फ पहल गर्न आग्रह गर्नुभयो ।
यस्तै हुलाकी सडकखण्ड अन्र्तगत पर्ने मधुवन नगरपालिकाको खाता जैविक मार्ग क्षेत्रमा ओभर पास अथवा अण्डर पासको डिजाइन भइसकेको अवस्थामा तत्काल बजेट विनियोजन गरि टेण्डर प्रकृयामा लगेर निर्माण कार्य अघि बढाउन तथा चोक चौराहमा सौर्य उर्जा बत्ती जडानका लागि पहल गर्नसमेत नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष भावुक योगीले आग्रह गर्नुभयो ।
बर्दियामा रहेका संचारमाध्ययम एफ. एम. रेडियो, दैनिक तथा साप्ताहिक पत्रिका प्रशारण तथा प्रकाशन गर्न व्यवस्थापकिय सहयोग पुर्याउन र पत्रकारहरुलाई क्षमता अभिवृद्धीका तालिमको सहयोग गर्न नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीनालाई आग्रह गर्नुभयो ।
प्रदेश सभा सदस्य तिमिल्सीनाले आफु निर्वाचित भइसकेपछि बर्दियाका नागरिकसंग प्रत्यक्ष रुपमा जोडिएका बर्दियाका सम्पुर्ण संचारकर्मीहरुसंग भेटघाट गरि समस्या पहिचान तथा आशा, अपेक्षा र जनगुनासोका विषयमा साक्षात्कार गर्ने उदेश्यसहित साक्षात्कार कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताउनुभयो ।
लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीनासहित नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्व उपाध्यक्ष राकेश बस्याल, पुर्व जिल्ला अध्यक्ष कमल पन्थि, निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धिताल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, उपाध्यक्ष भावुक योगी, केन्द्रिय पार्षद मेघराज सिग्देल लगायत बर्दियाका क्रियाशिल अधिकाँश पत्रकारहरुको सहभागितामा साक्षात्कार कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ बर्दियाका सहसचिव विष्णु अधिकारीले जानकारी दिनुभयो ।